मलेसियालाई ३४ रनले पराजित गर्दै नेपाल डिभिजन दुईमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ कार्तिक २०७१, बुधबार १५:५८

काठमाडौँ ,१२ कार्तिक । मलेसियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन तीन अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक मलेसियालाई ३४ रनले पराजित गरेको छ।वर्षाले खेल अवरूद्ध भएपछि डिएल नियमका आधारमा नेपाल ३४ रनले विजयी भएको हो।1907916_858174114207032_3552088171613099380_n

१४३ रनको विजयी लक्ष्य पाएर मैदानमा ओर्लिएको नेपालले वर्षा हुनुभन्दा अगाडि २ विकेट गुमाउँदै २५ ओभर खेलेर ८९ रन बनाएको छ।

मलेसियन क्रिकेटले पनि यसबारे ट्विट गर्दै पानी पर्न नरोकिए नेपाल र युगान्डा डिभिजन दुईमा उक्लने बताएको छ।

क्वालालाम्पुरस्थित सेलेङ्गर ट्रफ क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरको खेलमा ४३. ३ ओभरमा सबै विकेट गुमाएर १४२ रन बनायो।

मलेसियाका लागि अनुवार अरूद्धिनले सर्वाधिक ६९ रनको योगदान दिए। सागर पुनको बलमा कप्तान पारस खड्काबट क्याच आउट हुनुअघि १०२ बल खेलेका अनुवारले ११ चौका र १ छक्का प्रहार गरेका थिए।यस्तै किजार हायातले २३ रन बनाए।मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका कप्तान पारस खड्काले सर्वाधिक ४ विकेट लिए। यस्तै भुवन कार्कीले तीन,शक्ति गौचनले दुई विकेट लिए। सागर पुनले १ विकेट लिए।

आजको खेलमा मलेसियामासँग नेपाल भारी रन अन्तरले पराजित भए पनि नेपालको सम्भावना जिवितै रहन्छ ।

युगाण्डाले बर्मुडालाई पराजित गरे र नेपाल कम अन्तरमा पराजित भए पनि यी दुई टोली डिभिजन टु मा बढुवा हुनेछन् । सम्भावना जिवितै राख्न सिङ्गापुरले अमेरिकालाई पनि भारी अन्तरले पराजित गर्नुपर्नेछ । यस अघि हिजाे भएको खेलमा नेपालले अमेरिकालाई १० रनले पराजित गरेको छ ।

वर्षाले प्रभावित खेलमा नेपालले डकवर्थ लेविसका आधारमा अमेरिकामाथि जित दर्ता गरेको हो । योसँगै नेपाल डिभिजन टु मा बढुवा भएको औपचारिक घोषणाको पर्खाईमा मात्रै छ । ४ खेलपछि नेपाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१