सरकारकै मिलेमतोमा सुन भित्रियोः अध्यक्ष ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ श्रावण २०८०, आईतवार ०५:३२

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारकै मिलेमतोमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक सय किलो सुन बाहिरिएको दाबी गरेका छन् । आज (शनिबार) नेपालगञ्ज पार्टीको कार्यक्रममा पुगेका ओलीले उक्त घटनामा सरकारले नैतिक जिम्मेवारीसमेत नलिएको उनको आरोप छ ।

‘एक सय केजी सुन कसैले थाहै नपाई, मेसिन पनि सुतेका बेला, मानिस पनि सुतेका बेला, जाँचकीलाई पनि छक्काएर फुत्त कसरी बाहिर आयो ?’ उनले प्रश्न गरे ।

सरकारले देशलाई टाट पल्टाउने काम गरेको उनको आरोप छ । अहिलेको सत्ता गठबन्ध अपवित्र रहेको उनको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१