गृहमन्त्री श्रेष्ठको एमालेलक्षित अभिव्यक्तिः ‘भ्रष्टाचार र तस्करीमा संलग्नता छैन भने आनन्दले सुतेहुन्छ’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ श्रावण २०८०, शुक्रबार ०५:५०

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमालेले पद छोड्न भन्दैमा राजीनामा नदिने बताएका छन् । बिहीबार महोतरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भ्रष्टाचार, तस्करी र अपराधको विरुद्ध अभियान चलाएकै कारण आफ्नो राजीनामा मागिएको बताए । भ्रष्टाचारविरुद्धको अभियानमा कसैले धम्क्याउँदैमा आफू पछि नहट्ने उनले बताए । अहिले एमालेले सरकारलाई विचलित बनाउन सकिन्छ भन्ने गतल मनशायले राजीनामा मागिरहेको उनको आरोप छ ।

‘जसले भ्रष्टाचार, तस्करी र अपराधको विरुद्ध अभियान चलाउँछ, उसले पद छोड्दिनुपर्यो भनेर कोही–कोही कराइरहेको देख्नुभएको होला । हामी कसैलाई सजिलो बनाउनलाई छोड्नेवाला छैनौं । कसैले नसोच्दा हुन्छ, एकचोटी धम्क्याएपछि पछाडि जान्छ भनेर,’– उनले भने ।

सरकारले भ्रष्टाचार विरोधी अभियानमा आम जनताको समर्थन रहेको बताउँदै उनले आफ्नो निहित स्वार्थमा मात्रै अस्तित्व देख्नेहरुले विरोध गरिरहेको बताए । उनले कुनै पनि भ्रष्टाचार, अपराध र ठगीमा संलग्नता नभएकाहरुलाई आनन्दले निदाउनसमेत आग्रह गरे । सरकारको भ्रष्टाचार विरोधी अभियानले कसैकसैलाई निद्रा नलागेको बताउँदै उनले अपराधिक कर्ममा संलग्नता रहेको कारण निद्रा नलागेको हो भने आत्मसमर्पणका लागि आग्रह गरे । आत्मसमर्पण गरेको खण्डमा आफूहरुले सुत्ने ठाउँको व्यवस्थापन गरिदिने उनको भनाई छ ।

‘कोही–कोही मान्छेहरु सुत्दैसुत्दैनन् रे । मेरो के दोष भो त ? गल्ती नगरेको भए आरामसँग सुत्नु, निदाउनु । अपराध कर्ममा संलग्नता छैनभने, भ्रष्टाचारमा संलग्नता छैन भने, तस्करीमा संलग्नता छैन भने, ठगीमा संलग्नता छैन भने आनन्दले सुतेहुन्छ । अपराधमा संलग्नता भएको कारणले निद्रा नलागेको हो भने आउनुस् कान्ुनमा आत्म समर्पण गर्नुस्, मजाले तपाईँहरुको सुत्ने ठाउँ हामी व्यवस्थापन गर्दिन्छौं । हामीले समात्नुभन्दा अगाडि नै मैले गल्ती गरेँ भनेर आउनुस्, आनन्दसँग निदाउनुस्,’– उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१