शशी पौडेल
हो मुलुकमा राजनैतिक बिबादहरु हुन्छन् । छलफलहरु हुन्छन् । भनिन्छ सही र समग्रलाइ हितहुने निश्कर्षमा पुग्न कुराहरु माझिनु पर्छ । दुधबाट घिउ निकाल्न पनि मथ्नु पर्छ । यसमा कसैको पनि दुइमत हुने छैन । तर छलफल र बहसका नाममा यदि कसैले मुलुकलाइ बिभाजन गराएर नितान्त ब्यक्तिगत स्वार्थ पूर्तीमा लाग्छ भने त्यसलाइ मुलुकको कलंक भन्नु पर्ने हुन्छ । दुर्भाग्य हाम्रो मुलुकमा बिभिन्न कलंकहरु लागे । अहिले फेरी मुलुकलाइ महाकलंकित गराउने प्रयास भैरहेको छ । यसको नेतृत्व हिजो जनताले मुलुकको मुक्तिदाता भनेर बिश्वास गरेका पुष्प कमल दाहाल उर्फ प्रचण्डले गरिरहेका छन् ।
पछिल्ला दिनका समाचारहरु अनुसार तेस्रो पटक थपिएको समय भित्र पनि सम्बिधान लेखनका प्रमुख बिषयमा सहमति हुन नसकेर सम्बिधान निर्माणमा अन्योल पर्दै गएको बेला मुलुकमा जातीय द्धन्दको त्रास बढेको छ । यो त्रास अरु कसैका कारण नभै पहिलो सम्बिधानसभाका पालामा पनि आदीबासी जनजातीलाइ उचाल्ने र भड्काउने काम गरेको एकिकृत माओबादीका कारण मुलुक जातीय द्धन्दमा फस्ने त्रास बढेको हो । पहिलो सम्बिधान सभामा जस्तै यो दोस्रो सम्बिधानसभामा पनि एनेकपा माओबादीले जातीय मुद्धालाइ बटमलाइन बनाएको छ ।
२२ दलको नाममा जातीय मोर्चा र संगठाहरुको हालै खुलामन्चमा भएको सभामा प्रचण्डले जातीय पहिचान सहितको सम्बिधान नबने जनबिद्रोह हुने धम्की दिदै त्यसको नेतृत्व आफुले गर्ने बताए । प्रचण्डको देश बिभाजन गर्ने आसयको भाषण सुने पछि मुलुकलाइ अंशबण्डा गर्न भनि मन्चमा बसेका अंशबण्डाकारहरुले पररर ताली पिटे । आखिर प्रचण्ड नहुन् कहाँ के बोल्दा के पर्छ भन्ने नसोंची बोल्ने बानी परेकाले ताली पाएपछि उनि झन हौसिए र भने “अवको आन्दोलनमा हिजोको जस्तो खुट्टा कमाउदिन, मैदानबाट भाग्दीन, अन्तिमसम्म संघर्ष गर्न तयार छु, बरु मर्न तयार छु”।
मुलुकको अंशबण्डा गर्न चाहनेहरुले जे सुन्न खोजेका थिए प्रचण्डले त्यही भनिदिए ।
दैनिक नेपाल डट कमले दिएको एक समाचारका अनुसार नियोजित रुपमा प्रचण्डले यसरी खुलामन्चबाट सल्काएको आगो सहजै निभ्ला जस्तो लाग्दैन । प्रचण्डको त्यो अभिब्यक्तिको दुइदिन पछि मात्र राजधानीमा एक पत्रकार सम्मेलन गरी क्षेत्री, ब्राह्मण, ठकुरी, दशनामी लगायतको सम्युक्त संघर्ष समितीले जातीय आधारमा राज्य पुनर्संरचना गरिए आन्दोलन गर्ने चेतावनी दियो । भाषा र जातीको आधारमा प्रदेशहरुको बिभाजन अमान्य हुने भन्दै उनिहरुले त्यस्तो प्रदेश निर्माणको कोशिस भए आन्दोलनको आँधी बेहरी ल्याउने बताए ।
दुर्भाग्य प्रचण्ड लगायत आफुलाइ आदीबासी जनजातीका नेताहरु भन्न मन पराउनेहरु युरोपेली पश्चिमा शक्तिहरुको फुटाउ र राज गर भन्ने कुचालबाट कत्तिपनि परिचित हुन सकिरहेका छैनन् । र उनिहरुले यी युरोपेली मुलुकहरुको इतिहाँस पनि कसरी बितेको थियो भन्ने तर्फ सुसूचित हुन समेत पनि चाही रहेका छैनन् । झन बरु उनिहरुकै इसारामा नाची रहेका छन् ।
फ्रान्सको एउटा उदाहरण लिंउ । फ्रान्सको फ्रान्सेली क्रान्ती पछि फ्रान्समा गणतन्त्रको बिउ रोपियो तर अर्कोतिर एक हिसावले मुलुक बिभाजनको मुखमा थियो । मुलुकको त्यो अवस्था देखेपछि फ्रान्सका बिभिन्न इलाका एवं क्षेत्रीय वा जातीय भाषाहरु सुरु सुरुमा सार्वजनिक स्थलमा बोल्न प्रतिबन्ध लगाइयो । त्यतिबेला स्कूलका बाल बच्चाहरुले आ आफुमा समेत आप्mनो भाषा बोल्नबाट प्रतिबन्ध लगाइयो । उनिहरुलाइ भनियो कि घर घरमा आप्mनो भाषा बोल तर राष्ट्रिय एकताको कारण फ्रेन्च सबै फ्रान्सेलीहरुले जान्नै पर्छ त्यसैले कुनै पनि स्कूल वा सार्वजनिक स्थलमा फ्रेन्च बाहेक अरु कुनै भाषा बोल्न पाइने छैन । फ्रान्समा त्यतिबेला हाम्रो मुलुकमा भन्दा धेरै भाषा भाषी र बिभिन्न जात जातीहरु थिए । यदि त्यतिबेला गणतन्त्रको सुरुवातसंगै राष्ट्रिय एकताको भावना स्वरुप त्यस प्रकारको कदम नचालेको भए फ्रान्स अहिले कमसेकम पनि दश टुक्रा भन्दा बढी हुने थियो ।
यस्तै अर्को उदाहरण बेलायतको लिंउ । बेलायतको जन्म नै बहुजातीय(नस्ल), बहुसा“स्कृतिकता र बहुभाषिकबाट भएको छ । जव बेलायत एक टापुको रुपमा पत्ता लाग्यो तव फ्रान्स, जर्मनी, इटाली र स्पेनवाट मान्छेहरु बेलायतमा बसाई सरे । जर्मनहरुले आफ्नो संस्कृति र भाषा लिएर आए । इटलीयनहरु, फ्रान्सेली र स्पानीयनहरुले पनि आ–आफ्नो संस्कृति र भाषा लिएर आए । बिभिन्न क्षेत्रमा आ आफनो हैकम जमाएर बस्न थाले । जव मानव सभ्यताको विकास हुदै गयो बेलायत पनि अछुत रहेन । बेलायतका विभिन्न क्षेत्रमा राजारजौटाहरु जन्मे । राज्य संचालन गर्न मन्त्री प्रधानमन्त्री चुनिन थाले । यसरी चुनिदा कहिले जर्मन भाषी चुनिने र सम्पूर्ण जनताले जर्मन भाषा सिक्नु पर्ने त कहिले फ्रान्सेली अनि कहिले इटालियन त कहिले स्पानिस । एकले अर्काको भाषा र संस्कृतिको आदर गर्नुको वदला आफुलाइ अरु भाषी र जात जातीहरुले दबाएको बहाना गरी बिभिन्न संघर्ष हुन थाल्यो । आपूm नेतृत्वमा आउनासाथ आफ्नै भाषा, संस्कृति र धर्म लाद्न थाले । जनताहरुलाई अप्ठारो हुन थाल्यो । कहिले यो भाषा त कहिले उ भाषा । बेलायती टापु चार भागमा बिभाजित हुने अवस्था आयो । मुलुक बिभाजनको मुखमा आएको देखेपछि जनताहरुको दवाव पर्न थाल्यो । जन दवावका कारण चारै पक्षका नेतृत्वदायीहरु एक ठाउ“मा जम्मा भएर समस्या समाधानको खोजी गर्न थाले । केही विद्धानहरुले उनीहरुलाई सवभन्दा बढी समस्या भाषाको कारणले भएको बताए । यदि एउटै भाषा मात्र लागू भएको खण्डामा बहुसा“स्कृतिकताबीच एकअर्काप्रति आदर, सदभाव हुन सक्ने संभावना अवगत गराए । अनि उनिहरु आ–आफ्नो भाषा बेलायतको सम्पर्क भाषा बनाउने ध्यउन्नामा लागे । चारै पक्षले आ आफ्नो तर्फवाट विभिन्न कारण देखाउदै आ–आपूm ठूला भन्ने तर्क गर्न थाले । सहमतिमा आउन दशौं बर्ष लाग्यो । बर्षौ पछि यी सबै फेरी एक ठाउ“मा जम्मा भै बरु नया“ भाषा निमार्ण गर्ने भन्ने निणर्य गरे र यसरी नया“ भाषा निमार्ण गर्न लाग्दा पनि भाषिक र साँस्कृतिक बिखण्डनबादीहरुले आफ्नो जिद्धि छोडेनन् । त्यस पछि भाषाविदहरुले त्यसो भए तिमीहरु सबैका भाषावाट केहि प्रतिशत लिने र वा“की ल्यैटिन भाषावाट लिने भन्ने निर्णय गरे तर जुन शब्द जर्मन फ्रान्स वा स्पेन वा इटलीवाट लिइयो ती शब्दका प्रायजसो उच्चारण भने फरक अर्थात नया“ ढंगले गर्ने भन्ने निर्णय गरी इङ्गलैण्डमा चारै भाषा र लेटिन भाषालाई सलादको भाडामा जस्तै मिसाएर हालियो । अनि त्यहांवाट क्रमवद्धरुपमा अंग्रेजी भाषाको निर्माण भयो । इङ्गलैण्डमा उक्त भाषा निर्माण गरिएकाले यसको नाम इङ्गलीस भनि राखियो । र बेलायतमा बस्ने हर बेलायतीको पहिचानको पहिलो प्राथकिता बेलायती हुनु हो ।
झण्डै झण्डै यसै प्रकारको समस्या आउलाकि भनेर अमेरिकामा अमेरिका पत्ता लाग्नासाथ अन्य कुरा नसोंची जातीय, भाषागत र साँस्कृतिक एकतामा जोड दिइ जनतामा राष्ट्रिय एकतात्मक मनोबैज्ञानिक प्रभाव पारियो । संसारको जुनसुकै कुनाबाट आएर संसारको जुनसुकै संस्कृति बोकेर आएको भए पनि त्यहाँको भाषा अंग्रजीलाइ मात्र त्यहाँ मान्यता दिइयो । अमेरिकामा पनि बिभिन्न जात हजारौं भाषा र संस्कृतिको पहिचान बोकेर अमेरिका भित्रिएका मानिसहरु छन् र उनिहरुकालागि अमेरिकी हुनु पहिलो प्राथमिकता छ ।
प्रतिक्रिया