बुढानिलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार एक लाख रुपियाँ घुस सहित रंगेहात पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ श्रावण २०८०, शुक्रबार ०५:४४

काठमाडौं। सेवाग्राहीबाट एक लाख रुपियाँ घुस लिएको अभियोगमा प्रहरी प्रभाग बुढानिलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ ।

आयोगको टोलीले प्रहरी प्रभाग बूढानीलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सिंहलाई नियन्त्रणमा लिएको जानकारी आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन । ।

उहाँका अनुसार, सिंहले कुख्रेखोलाको ढल सफाइ तथा निकास व्यवस्थापन गर्दा निस्कने बालुवा व्यवस्थापनको सहजीकरण गरेवापत सेवाग्राहीबाट सो रकम लिएको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । सिंहलाई बूढानीलकण्ठ नगरपालिका वडा नं. २ वासिकबाट नियन्त्रणमा लिइएको हो ।

उनि सेवाग्राहीबाट रु.१,००,०००।– (एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा र श्रोत नखुलेको नगद रु. ६२,५१५।– (बइसठ्ठी हजार पाँच सय पन्ध्र रुपैयाँ) सहित पक्राउ परेका छन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१