सुस्मिता देबकोटा । उदयपुर कटारी नगरपालिका वडा १३ मयांखुका भर्खरै २१ वर्षका पुग्दै थिए । २०६६ सालमा उदयपुरदेखी पोखरा आएको भाडा तीन सय रुपैयाँ थियो । खल्तीमा पाँच सयरुपैयाँ बोकी उनी पोखरा तर्फ लम्किए । भरर्खर एसएलसी दिएर भ्याएका उनले न त कहिल्यै काम गरेका थिए न त गर्नै परेको थियो । गाउँका साथिभाई सबै पोखरा झरेको देखेर उनीलाई पनि पोखरा नै आउने चाहाना जाग्यो । आफ्नो सपनाको पोको बोकेर सहर झरेका उनी के गर्ने कसो गर्ने केहि मेसोमेलो थिएन । पोखरा आएको दोसो दिनमै काममा लागे ‘लेवर’ । काम गर्दा उनले १२० रुपैयाँ पाए । जिवनकै पहिलो कमाई थियो उनको । ‘त्यो भन्दा पहिला मैले कहिल्यै पनि दुःख गरेर कमाएको थिएन् । मेरो पहिलो कमाई थियो । पसिना बगाएर पाएको त्यो १२० रुपैयाँ अझैपनि झलझ सम्झिन्छु ।’
त्यसपछि पाँच महिना उनले लेवर (ज्यामी) को काम गरे अनी राम्रो कमाउने आशामा भारत लागे । भारतमा उनले निकै दुःख खेप्नु प¥यो । पोखरामा थोरै कमाएपनि खुसी भएका उनी भारतमा भने निकै दुखी भए । कोइला काट्ने काममा पुगेका उनको त्यो कष्टकर दिन सम्झन्छन्, ‘अहो! त्यो दिन सम्झदा अहिलेपनि आत्तिन्छु । कोइला काट्ने काम थियो । त्यो जस्तो दुःख त मैले कहिल्यै पाइन । कोइला खानीको काम निकै गाह्रो ।’ लामो सास फेर्छन्……… सिलाङबाट तीन महिनामा नेपाल फर्किएका उनी ढलानको काम गर्न सुरु सेफ्टी ट्यांकी सफा गर्ने काममा लागे । त्यहाँ काम सिक्दै गएपछि उनले गाडी पनि सिके । त्यही सिपले आज श्रमिकदेखी मालिक बनाएको बलबहादुरलाई ।
उनी आज मालिक हुन् । रोजगारका लागि आएका उनी अहिले रोजगार दिन्छन् । उनी पोखरामा काममात्रै गरेनन् । काम संगै समय मिल्दा पढाईलाई समेत सँगै बढाए । ‘म कलेज गइन । काम गर्दै पढ्दै गरे । किताब किनेर पढेको हुँ एक दिनपनि कलेज गइन् । गाउँ गएर ११÷१२ पनि कटाए र स्नातक पढ्दा पढ्दै छाडे ।
उनको पानीसँगको यात्राभने ताङवे खानेपानीबाट सुरु भएको हो । साधारण कर्मचारीको रुपमा काम गरेका उनले तीन वर्ष ताङवेमै विताए मासिक ६ हजार रुपैयाँमा । त्यसपछि दुई वर्ष त्रिवेणी खानेपानीमा काम गरे । त्यतिबेला उनको तबल मासिक १२ हजार रुपैयाँ थियो । अर्काको काम गर्दा गर्दै थाकेका उनले ठुलो निर्णय गरे । आफ्नै व्यवसाय गर्ने । आफुसँग भएको ५० हजार रुपैयाँमा थप तीन लाख रुपैयाँ जोहो गर्दै एउटा पानी बोक्ने गाडी किने । लेकसाइडका लक्ष्मी भट्टराईलाई कमाउँदै तिर्ने सर्तमा गाडी किनेर कुदाउन थालेका उनले ६ महिनामै ऋण तिर्न सफल भए । उनको यो यात्रा २०७१ सालमा सुरु भएको हो । उनले आफ्नै गाडी चलाउन थालेपछि मासिक ५० हजार रुपैयाँ भन्दा तल हेर्न परेन । आफ्नै गाडी चलाएको ८ महिनामा अर्को गाडी किनेर व्यवसायलाई एक बाट दुईमा परिणत गर्र्दै अघि बढ्दैजादाँ डेढ वर्षमा तीन वटा गाडी भयो । त्यसरी तीन बर्षमा चार वटा गाडी बनाएपनि कमाई मासिक तीन देखी चार लाख कमाउन थाले ।
‘आफैले गाडी किन्दा विहान ४ बजेदेखी राती ११ बजेसम्म गुडाए । निकै संघर्ष गरे । म सँगै आएका साथिहरु आजपनि लेवरकै काम गरिरहेका छन् । म चाँहि यतातिर लागे’ उनी सुनाउँछन्, ‘संघर्ष गरे हुँदो रहेछ । मैले भारतमा गरेको भए म आजपनि अर्काको दासी नै रहन्थे । यहाँ पनि आँट नगरेको भए दासी नै हुनेथिए ।’
अहिले बलबहादुरको विन्दवासिनी वाटर सप्लायर्स छ । पोखरा र आसपासका क्षेत्रमा पानीको खाँचो भएमा उनी पानी पु¥याउने गरेका छन् । पोखरालाई उनले शुद्ध पानी पिलाउन थालेको ९ वर्ष वितिसकेको छ । पानी बेचेरै जिविकोपार्जन गर्ने बलबहादुरको बल भनेकै चार वटा पानी ट्यांकर हो । आज उनी पोखरामा घडेरी जोडेर बसेका छन् । आत्मशक्ति भएमा जस्तो सुकै परिस्थितमा समेत अघि बढ्न सक्ने उनी सुनाउँछन् । बलबहादुर जस्तै धैर्य र इच्छाशक्ति लिएर दिनरात नभनी संघर्ष गर्न बल गरे एक दिन सफल हर कोही हुन सक्छन् । बलबहादुर व्यवसायमा मात्र होइन सामाजिक कार्यमा समेत अघि बढ्छन । हेरौ भिडियोमा
प्रतिक्रिया