गैरकानुनी काममा मेरो नाम जोडिनु दुःखद : दीपक मल्होत्रा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ श्रावण २०८०, बिहीबार ०५:५०

काठमाडौं । व्यवसायी दीपक मल्होत्राले सिनामंगलबाट बरामद गरिएको ठूलो परिमाणको सुन तस्करीमा आफ्नो कुनै पनि प्रकृतिको संलग्नता नरहेको बताएका छन् ।

केही सञ्चारमाध्यमले बरामद गरिएको सुन मल्होत्राको रहेको समाचार प्रकाशन गरेपछि व्यवसायी मल्होत्राले यस्तो गैर कानुनी कार्यमा आफू र आफ्ना परिवारको कुनै संलग्नता नरहेको बताएका हुन।

मल्होत्राले भने– ‘आजसम्म म र मेरो परिवारले नेपालको कानुनभन्दा बाहिर गएर कुनै पनि काम गरेको छैन । यस्तो गैर कानुनी काममा मेरो नाम जोडिनु दुःखद कुरा हो । यसको खण्डन गर्न चाहन्छु ।’

व्यवसायी मल्होत्राले मुख्य अभियुक्तलाई उन्मुक्ति दिने षड्यन्त्रका साथ आफ्नो नाम जोडिएको समेत आरोप लगाएका छन् । मल्होत्राले भने– ‘मेरो बिचारमा बरामद गरिएको सुन तस्करीमा संलग्नलाई उन्मुक्ति दिने योजनासहित गलत तरिकाले मेरो नाम मुछिएको छ । मुख्य कारोबारीलाई उन्मुक्ति दिने प्रयास भएको देख्छु ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१