आरोप प्रमाणित नभएसम्म बालकृष्ण खाँणलाई दोषी भन्न मिल्दैनः प्रकाशशरण महत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ श्रावण २०८०, बिहीबार ०५:२८

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले कांग्रेसको मुख्य प्राथमिकतामा सुशासन बाहेक अन्य नभएको बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्य समितिको बैठकका निर्णय सार्वजनिक गर्दै महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अदालतले दोषी नभनेसम्म पार्टीले कारवाही नगर्ने बताए ।

“आरोप प्रमाणित नभएसम्म दोषी हो भन्न मिल्दैन । आरोप लाग्ने बित्तिकै दोषी हुँदैन । जाँचबुझ गर्ने निकाय छ । अदालतले निष्कर्ष ननिकालिन पहिल्यै दोषी करार गरिहाल्नुहुँदैन,” उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१