ओली प्रधानमन्त्री हुँदाको गिरी बन्धु टी स्टेट प्रकरणको फाईल खोल्ने चेतावनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० श्रावण २०८०, बुधबार ०५:५१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले सरकारले गिरी बन्धु टी स्टेट प्रकरणको फार्इल खोल्न ढिला गर्न नहुने बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला उक्त प्रकरणमा अर्बौको भ्रष्टाचार भएको उनले आरोप लगाएका छन् । ओलीले सरकार छोड्नुभन्दा ५ दिनअघि मन्त्री परिषद्ले ऐन नै संशोधन गरेर भ्रष्टचारलाई वैधानिकता दिएको उनको आरोप छ ।

‘आदरणीय केपी ओलीको पालाको संस्थागत भ्रष्टचारको अन्तिम फाईल जो अर्बौको भ्रष्टचार भएको छ । सरकार छोड्नुभन्दा ५ दिनअघि मन्त्री परिषद्ले ऐन नै संशोधन गरेर भ्रष्टचारलाई वैधानिकता दिएको गिरी बन्धु टी स्टेट प्रकरणको फाइल खोल्न ढिलाई भयो,’– सामाजिक सञ्जालमा उनले लेखेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१