कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्छः गगन थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ श्रावण २०८०, मंगलवार ०५:४६

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले २०८४ सालमा हुने निर्वाचनको भन्दा वर्तमान अवस्थाको बारेमा चिन्ता व्यक्त गर्नुपर्ने बताएका छन् ।

पार्टीको जारी केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै थापाले सरकारमा किन गएको र प्रतिपक्षमा किन नबसेको अनि सरकारमा जाँदा आम नागरिकले अनुभूति गर्नेगरी के गनृ सकियो भन्ने आम चासोको विषय भएको बताउँदै कांग्रेसले सरकारको लिड गर्नुपर्ने बताए ।

उनले भने “हामीसँग अहिले हातमा संविधान छ अहिलेको व्यवस्था छ । अधिकार छ राम्रो संविधान छ, डकुमेन्ट छ । तर हामीले भनेजस्तो बाचा पुरा भएको छैन । यसको स्वामित्व हामीले लिने हो । यो संविधानलाई मानेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई मानेर परिवर्तन र संशोधनको कुरा सकारात्मक लिएर पार्टीले लिड गर्नुपर्छ । पार्लामेन्टलाई थप समावेशी बनाउने हो । स्थिर सरकारका लागि उपाय छन्, २०८० सालमा छौँ तीन तहमा हामी सरकारमा छौँ । अझै साढे चार वर्ष समय सरकार चलाउन छ । हामीले यो समयमा काम गर्नुपर्छ, सबैजना ०८४ को कुरा गर्छन् । यो चार वर्षको जिम्मेवारी कसको त ? हामीले सरकारको लिड गर्नुपर्छ ।”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१