शर्माको नेतृत्वमा २ सयभन्दा बढी हाेचा पुड्काका लागि आवास निर्माण गरिने आवास निर्माणका लागि सरोकारवालाहरुसंग छलफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ श्रावण २०८०, सोमबार ०५:५०

काठमाडौं । समाजसेवी शान्त शर्माले २ सय भन्दा बढी हाेचा पुड्काका लागि आवास निर्माण गर्ने कार्यको पहलकदमी लिनुभएको छ । शर्माले उनीहरुलाई सुहाउँदो आवास निर्माणका लागि सरोकारवालाहरुसंग छलफल थाल्नुभएको छ ।

शर्माले यस कार्यकाे लागि विभिन्न ठाउँमा पहल कदमी गर्दै हिड्नु भएको छ । त्यसै सन्दर्भमा तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनसँग पनि छलफल गर्नुभएको छ ।

मेयर महर्जनले पनि यस बिषयमा अध्ययन गरि यस कार्यलाई अगाडि बढाउने कुरामा जाेड दिनुभएको छ ।

यस्तै हाेचा पुड्काकाे लागि आवास बनाउने कार्यकाे शर्माको संयोजकत्वमा समिती समेत गठन गरिएको छ । त्यसमा नेपाल होचा पुड्का संघको तर्फबाट अध्यक्ष बिन्दा दुलाल, अधिवक्ता निर्मलकुमार उप्रेती , प्रवक्ता सबित्री बस्नेत र सदस्यहरुमा बरिस्ठ गायक तिलक बस्नेत, बरिस्ठ गायिका सोनिका लामा, समाजसेवी शिव पाण्डे , मिस तामाङ २०२३ को फर्स्ट रनरअप सत्सन्जिवि तामाङ र युकेका प्रतिनिधिमा सुमि राई लिम्बु रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१