स्कुल प्रशासनको लापर्वाहीका कारण कुलतमा फस्दै छात्रछात्राहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ कार्तिक २०७१, बुधबार १०:३०

एस.पी.गौरब

smokingसिरहा १२ कार्तिक  । दिनानुदिन लागु पदार्थ ओसार पसार गर्दै गर्दा प्रहरीको फन्दामा परेका घटनाहरु सार्वजनीक भईरहेकै समयमा पनि सिरहा जिल्ला भित्रका विभिन्न विद्यालयका छात्रछात्राहरु लागु पदार्थ प्रयोगमा नै व्यास्त रहेको पाईएको छ । सरकारी विद्यालयमा पढ्न जाने निहूँमा अधिकाँस विद्यार्थीहरुले नसालु पदार्थ प्रयोग गर्ने गरेको पाईएको छ । लागु पदार्थ कारोबारीहरुसँग मिलेर फेन्सिडियुन,डाईजीपाम,कोरेक्स,फेर्नागन,मोरफिन,नाईटोजन लगाएतका नसालु लागु पदार्थ समेत प्रयोग गर्ने गरेको एक तथ्याँक सार्वजनीक भएको छ । विग्रदो सरकारी विद्यालयको शैक्षिक र प्रशासनीक गतिविधीसँगै यस्ता घटनामा वृदी हुन थालेको हो ।सरकारी काम कहीले जाला घाम भन्ने सबै सरकारी कर्माचारीहरुको मुल मन्त्र नै बन्ने गरेको छ । सिरहाको मिर्चैया,लाहान,गोलबजार,सिरहा सदरमुकाम लगाएतका स्थानमा रहेका कक्षा ९,देखी १२ सम्मका छात्रछात्राहरु एस्ता दुर्वासनिमा फस्दै जाने गरेको एक अध्यायनले देखाएको छ ।एक प्रध्यापकका अनुसार विद्यार्थीहरुमा भन्दा पनि सरकारले शिक्षामा सुधार गर्नु पर्ने जरुरी रहेको बताईएको छ ।केहि अभिभावकहरुलाई यस विषयमा थाहा भएको भए पनि नियन्त्रण गर्न कठनिाई हुने साथै अधिकाँस अभिभावकहरुलाई थाहा नहुने गरेको उहाँको भनाई छ । भने आफ्ना छोरा छारी यसरी कुलतमा फस्न थालेको प्रति अभिभावकहरुमा चिन्ता थपीन थालेको छ ।आफ्ना छोराछोरी पढीलेखी असल मान्छे बनेको देख्न चाहने अभिभावकहरुले कुलतमा फसी दिन प्रति दिन बिग्रँदै गई रहेको देख्नु परेको छ ।यस्ता कुलतमा फस्नेहरुमा केही साथीसँगीको कारण छन त केही आफु भन्दा ठुला अग्रजको कारण फसेका छन ।भारतसँगको खूल्ला सिमाना हुनुको कारण पनि एक कारण भएको पाईएको छ ।भने प्रहरी प्रशासनलाई घचघच्याउदा मात्रै चासो दिने गरेको पाईएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१