खोटाङका प्रजिअ भोजराज खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ श्रावण २०८०, सोमबार ०५:३८

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

अख्तियारले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं १० मा विद्युत पोल, तार र ट्रान्समिटर खरिद योजनामा मिलोमतो गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनको सम्वन्धमा अनुसन्धान हुँदा सिद्धिचरण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका भोजराज खतिवडा देषी देखिएपछि आज भ्रष्टचारको मुद्दा दर्ता गरेको हो ।

अख्तियारले खतिवडासहित वडा नं १० का तत्कालीन वडा अध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृत कुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाई प्राविधिक दिल कुमार बुढाथोकीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

अख्तियारले खतिवडासहितलाई ४ लाख ७७ हजार ८ सय ९९ रुपैँया बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको सजाय गरी बिगो गर्न माग गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१