काठमाडौं । आजसम्म पनि रहस्यवादमै रहेको विषय हो, स्वप्न । स्वप्न अर्थात सपना । सपना एउटा अमूर्त विषय हो, यद्यपि यो प्रत्येक व्यक्तिको जिवनसँग जोडिएको हुन्छ । सपना देख्नु सामान्य कुरा होइन ।
मानव मनका मर्मज्ञहरु भन्छन् – सपना तपाईको व्यक्तित्वको अव्यक्त परिचय हो । तपाईको भूत र भविष्यबारे वर्तमानको अभिव्यक्ति हो । तपाईको अन्तर्मनका सुषुप्त वृत्तिहरुको बाहिरी बमन हो । त्यसैले सपना देख्नु जान्नु एउटा ठूलो कौशल हो ।
यहाँ सपनाको विविध पक्षमागि अनुशीलन गरिनेछ । यसको ध्येय आत्मीय पाठकवृन्दलाई इच्छित स्वप्नकलामा रमाउन सिकाउनु र यसद्धारा आनन्दित वा लाभान्वित हुन प्रेरित गर्नु हो ।
बुद्धत्वको सुरुवात स्वप्नबाटै
किशोरावस्थाका राजकुरमा सिद्धार्थको जीवनको घटना हो । कुनै रात उनी जब निद्रामा थिए, उनले एएटा सपना देखे । सपनाका उनले देखे कि एक जना श्वेतवस्त्रधारी वयोवृद्ध दिव्य पुरुष प्रकट भए । उनको हात समातेर शमशानतर्फ लिएर गए । त्यहाँ उनले एक मृतशरीरतर्फ संकेत गर्दै भने, हेर । यो तिम्रो लास हो ।
केही क्षणपछि सपना टुट्यो, निन्द्रा खुल्यो । उनी भावविह्वल थिए । तत्क्षण उनले निश्चय गरे कि अब यो अदभूत सपनाले देखाएको रहस्यलाई बोध गर्नु मेरो भावी जीवनको ध्येय हुनेछ ।
उक्त घटनाको केही समयपछि उनी सम्पूर्ण राजकाज त्यागेर बुद्धत्वको यात्रामा अग्रसर भए । महात्मा बुद्धको जीवनको यो प्रसंगले मानव जीवनमा सपनाको मूल्य र रहस्य कस्तो हुन्छ भन्ने तथ्य राम्ररी उजागर गरेको छ ।
हामीमध्ये धेरैजसो व्यक्ति सपना त देख्छौ । तर हामीले देख्ने सपनामा अर्थहीन, रसहीन र दिशाहीन दृश्यको मात्रा बढी हुन्छ । यदाकदा अर्थपूर्ण सपना आइहाले तापनि त्यसको अभिप्राय र सन्देशलाई बुभ्mन नसकेको कारण त्यसको संकेत हामी बेवास्ता गर्न पुग्छौं ।
कदापि निरर्थक हुन्न सपना
जीवनका जे जति पाटा छन्, तिनको कुनै न कुनै अर्थ र गरिमा अवश्य छ । अवश्य नै सपना कुनै निरर्थक बस्तु होइन् । यथार्थ नबुझेसमम श्रीखण्डको टुक्रा पनि खुर्पाको विंड मात्रै त हो ।
स्वप्नवेत्ताहरु भन्छन्, कुनै कुनै बेला स्वप्न प्रेरह र मार्गदर्शन बनेर आउँछ । त्यस्तो सपनाले जीवनको स्वरुप र दिशासमेत बदल्न सक्छ । अध्यात्म विज्ञानका अध्येताहरुको भनाईअनुसार कहिलेकाँही सपना भविष्यमा हुने अनिष्टको पूर्वसंकेतका रुपमा पनि आउने गर्छन् । अन्र्तमुखी र एकाग्र चित्त हुनेहरु भर्नौ कि आध्यामिक प्रवृति भएकाहरुले त्यस्तो संकेतलाई सजिलै बुझ्छन् र आगतका जोखिमहरुबाट जोगिन्छन् ।
यस दृष्टिले मनन गर्दा स्वप्न पूर्वाभास विज्ञानको एउटा महत्वपूर्ण माध्यम पनि हो । कतै तपाई हामी पनि स्वप्नलाई बेवास्ता गरेर आफूलाई बुद्ध बन्ने सम्भावनाबाट वञ्चित गरिहेका त छैनौं ।
सपना कि कल्पना ?
ब्यूझिएका बेला देखिने सपनालाई कल्पना भनिन्छ । र, निदाएको बेला गरिने कल्पनालाई सपना भनिन्छ । सपना होस् या कल्पना यिनको माध्यमबाट हाम्रो मन अभिव्यक्ति हुन्छ । सपना कहिले सही हुन्छ, कहिले झूटा । त्यस्तै कल्पना कहिले यर्थाथपरक हुन्छ, कहिले अयथार्थ ।
मनले गर्ने कल्पना नियन्त्रण या संयम गर्न सकिने कुरा हो । तर समान्यतया के देख्ने या फलानो दृश्य नदेख्ने भनेर नियन्त्रण गर्न सकिन्दैन । वैज्ञानिक तथा मनोवैज्ञानिकहरु आजसम्म पनि सपनाको अर्थ र रहस्यलाई लिएर अध्ययन गरिहेका छन् ।
सपना वास्तवमा के हो रु यो कुरा सपनाको द्रष्टालाई जेजति अनूभूति हुन्छ, त्यो नै सपनाको यर्थाथ अभिप्रायः हो । स्वप्नविज्ञानको व्याख्या गरिहँदा के भन्न मन लाग्छ भने सपनाको विष्लाई लिएर तपाई पनि एउटा मनोबैज्ञानिक बन्नुहोस् । यसको रहस्य र विज्ञानबारे तपाई पनि निरन्तर आफ्नो स्तरको खोज गरिरहनुहोस् ।
यसबारे प्रकाशित हुने लेखरचना तथा बेलाबेलामा उद्घाटित हुने शोध निष्कर्षहरुको अध्ययन विश्लेषण गर्दै रहनुहोस् । यो नै तपाईको स्वप्नशैली हुनेछ ।
सपनाको मनोविज्ञान
प्रसिद्ध अमेरिकी अन्वेषक एडबिन डायमन्डले सपनाको रहस्यमयी विज्ञानका क्षेत्रमा अनेकौं अनुभव बटुलेका छन् । उनी आफ्नो शोधनिष्कर्षलाई एक ठाउँ समेतेर भन्छन्, औसत व्यक्ति राति निन्द्रामा पाँच या छ पटक सपना देख्ने गर्छन् । सपना नदेख्ने व्यक्ति फाट्टफुट्ट अपवादका रुपमा मात्र भेट्टाइन्छ ।
स्वप्नविशेषज्ञ डायमन्डको कथनबाट के स्पष्ट हुनछ भने आहार, श्वासप्रश्वास, यौन जस्तै सपना देख्नु पनि मनुष्यको मनोवैज्ञानिक आवश्यकता हो । कसैले सपनै देख्दैन या निद्रामा सपनै आउँदैन भन्छ भने त्यो चाहि कुनै रोग हुनसक्छ ।
सपना देख्ने गर्नाले नै मानसिक रुपले स्वस्थ र प्रसन्न हुने प्रेरणा मिल्दछ, डायमन्डको यो अर्को भनाइले सपनाको मनोविज्ञानलाई अझ प्रस्ट्याएको छ ।
शोत्र अनुसन्धानकै आधारमा उनले भनेका छन्, जो व्यक्ति सपना पटक्कै नआओस् भनेर सपना नदेख्ने प्रयास गर्छ, उसको मानसिक सन्तुलन बिग्रन जान्छ र मतभ्रमको सिकार हुन्छ ।
अध्ययनकर्ताहरुले एक समान्य सपनाको लम्बाई लगभग २० मिनेट हुने तर्क दिएका छन् । थाहा भएकै कुरा हो निद्राका बेला जब रेम स्लिप हुन्छ स्वप्न तब मात्रै देखिन्छ ।
सपनाको लम्बाई, सपनाको गहिराइ
निद्रा दुई प्रकारका हुन्छन् । रेम स्लिप अर्थात क्रियाशील निद्रा र स्लिप अर्थात शान्त निद्रा ।
सपना सदैव क्रियाशील निद्राका बखत मात्रै देखिने गर्छ । क्रियाशील निद्रामा व्यक्तिको आँखाको गतिविधि तीव्र हुन्छ । आँखाका दाना, परेला तथा आँखाभौं परैबाट हल्लिएको चाल पाइन्छ ।
सिनेमा हेर्दा अथवा टेलिभिजन हेर्दा आँखाको नानीको जस्तो अवस्था हुन्छ । सपना देख्दा पनि ठीक त्यस्तै गतिविधि हुन्छ । मनशास्त्रीहरुको अभिमतअनुसार निदाएपछि एक घण्टा बित्दा नबित्दै पहिलो सपना देखिन्छ । सपना देखिरहेको बेला कोल्टे फेर्ने या दायाँबायाँ पल्टिने चेष्टा कसैले गर्दैन । यो सपनाको विशेषता हो ।
सपना दुई प्रकारको
आधुनिक मनोवैज्ञानिक स्वप्नवेत्ताहरुले मानवीय सपना दुई प्रकारको हुन्छन् भनेका छन् । पहिलो, सक्रिय र दोस्रो निष्क्रिय । सक्रिय सपना अन्र्तगत व्यक्ति आफु स्वयम् सपनाको दृश्यमा संलग्न हुन्छ । निष्क्रिय किसिमको सपना त्यो हो, जसमा व्यक्ति कुनै दृश्यको दर्शक या द्रष्टा बनेर सपना देखिरहेको हुन्छ । तर आपूm कुनै भूमिका निभाइरहेको हुँदैन । दोस्रो प्रकारको सपना बढी संकेतात्मक र प्रेरक प्रकृतिको हुने गर्छ ।
मस्तिष्कमा मनोदशा र अवस्थाअनुरुप विभिन्न किसिमका उर्जातरंगहरु निस्किरहेका हुन्छन् । जाग्रत या अर्धजाग्रत अवस्थामा मस्तिष्कमा अल्फा तरंग फैलाएको हुन्छ । जाग्रतमा जस्तै स्वप्नावस्थामा पनि मस्तिष्कमा अल्फा तरंक निस्कने गर्छ ।
शास्त्रीय मान्यतामा
स्वप्नप्रकाशिका नामक शास्त्री ग्रन्थअनुसार स्वप्न सात प्रकारका हुन्छन् –
दृष्ट श्रुतो अनूभूतश्व प्रार्थिवः कल्पितस्तथा ।
भाविको दोषजश्चैव स्वप्नः सप्तविधो विधुः ।।
१) दृष्ट – दिनमा देखेको कुनै दृश्य रातमा देख्नु
२) श्रुत – पहिले सुनेको कुरा स्वप्नमा देख्नु
३) अनुभस्त – जाग्रंत अवस्थामा अनूभति गरेको कुरा सपनामा देख्नु
४) प्रार्थित – मनमा कुनै बेला उत्पन्न भएको कामना स्वप्नमा आउनु
५) कल्पित – मनले कल्पना गरेको कुरा सपनामा आउनु
६) भावित – सोचेको सुनेको या देखेको कुराको प्रतिफलका रुपमा स्वप्न आउनु
७) दोषज– वात, पित्त, कफ यी त्रिदोषका आधारमा स्वप्न देख्नु
उर्जातरंगको खेल
मस्तिष्कमा उब्जने तरंग विज्ञानको के स्पष्ट पार्छ भने जाग्रत र स्वप्नमा खासै अन्तर हुँदैन । तर स्वप्नरहित निद्रामा भने अल्फ अरंग ननिस्किएर डल्टा तरंग निस्किएको हुन्छ । जाग्रत र स्वप्न अवस्थामा एउटै उर्जातरंग निष्पन्न हुने आधारमा मनोविज्ञाहरुले सपनालाई पनि जाग्रत मन जस्तै शक्तिशाली अवस्था मानेका छन् ।
यस आधारमा भन्ने गरिन्छ कि सपना देख्नेलाई जेजति ऊर्जा सपत हुन्छ, सपनाले दिने फाइदा त्यो ऊर्जाको तुलनामा निकै नै बढी हुन्छ । सामान्यताय के बुझनुपर्छ भने निद्राले शरीर र इन्द्रियलाई विश्रान्ति दिए जस्तै सपनाले अवचेतना मनलाई हलुका बजाउने विधि व्यवस्थाको काम गर्छ ।
स्वप्नका माध्यमबाट अवचेतन मन सक्रिय हुने हुनाले नै चेतना मनले फुर्सद पाउँछ र विश्रानमा प्रवेश गर्छ । रात्रिकालका विश्राम गरेकै कारण भोलि विहान व्यूँझिएपछि उसमा जाग्रत भएर क्रियाशील हुने सामथ्र्य प्राप्त हुन्छ । यस कारणले गर्दा निद्रा र निद्रासँग सपना देख्नु मनोशारिरीक स्वास्थ्यका लागि नितान्त जरुरी छ ।
विश्वप्रसिद्ध मनोवैज्ञानिक सिग्मन्ड फ्रायडको भनाईमा चेतन अवस्थामा दमित इच्छा र वास्ना सपनाद्वापर प्रकट हुने गर्छन् । फ्रायडको यो मान्यताभन्दा माथि उठेर पूर्वीय दर्शनका ऋषिमनस्वीहरुले स्वप्नलाई अचेतन मानसको अगणित खजाना मानेका छन् ।
सपनाको चमत्कार
सन् १९३६ मा जीव विज्ञान क्षेत्रमा डा. अट्टो लोबीले नोबेल पुरस्कार प्राप्त गरेका थिए । उनले आपूmले प्राप्त गरेको पुरस्कारको श्रेय आफ्नै सपनालाई दिएका छन् । कुरा सन १९२० को कुनै रातको हो । उनले १७ वर्षदेखि जारी राखेको विषयको समाधान सपनाका माध्यमबाट प्राप्त गरेका थिए ।
डा.लोबी भू्रणावस्थामा शारीरिक तन्तुको क्रियाविधि के कस्तो हुन्छ भनेर निरन्तर खोजमा थिए । १७ वर्ष लामो खोजमा पनि उनले कुनै समाधान पाएका थिएनन् । तर अचानक एक रात सपनाको गहिराइमा उनले भू्रणावस्थाको क्रियाविधिबारे यथार्थ ज्ञानको संकेत प्राप्त गरे । व्यूिँझनेबित्तिकै सपना नोट गरे । तर उनलाई सपनाको सबै रहस्य सम्झन गाह्रो प¥यो । दिमागमा अनेकौ तर्कवितर्क गर्दै भोजनपछि उनलाई पुनः निद्रा लागेझै भयो ।
भोजनलगत्तै उनी फेरी सुते । उनले पुनः सोही सपना देखे । ब्यूझिनेबित्तिकै सबै सपना फेरी नोट गरे । यस पटक भने चाहिएको सुत्र उनले पुरै लेख्न भ्याए । प्रयोगशालमा गएर प्रयोगलाई निरन्तरता दिए । उनले आफ्नो प्रयोग भ्यागुतामाथि गरेका थिए । पहिलो प्रयासमै उनको प्रयोग सफल भयो । नाबेल पुरस्कार दिलाउनेसम्मको यो सबै कमाल सपनाकै हो ।
तत्कालीन बेलायती वायुसेनाका प्रमुख भिक्टर गोगार्ड सन १९५५ को कुनै रात एउटा भयानक सपना देखे । सपनामा उनले देखे कि उनको सानो वयुयान दुर्घटनग्रस्त भयो तर त्यसमा यात्रारत सात जना सैनिकको ज्यान भने जोगियो । सपनामा देखेको चार दिनपछिको कुरा हो, संघाईबाट टोकियोका लागि उडान गर्दै गर्दा एउटा सानो जहाज दर्घटनामा प¥यो । अचम्मको कुरा त के भने त्यसमा रहेको सात जना यात्रु सकुशल थिए ।
फ्रान्सका विख्यात गणितज्ञ हेनरी फौराले विश्वभरि फैलिएका आफ्ना अनेकौं गणितज्ञ साथीसँग सम्पर्क स्थापित गरे । जेजति गणितज्ञसँग उनले सम्पर्क गरे, उनले सबैसँग सोधे कि गणितको जटिल र गम्भीर समस्या समाधान गर्न कुन विधि अपनाउने गर्नुहुन्छ ?
मनन, चिन्तन, अभ्यास या अरुसँग विचाविमर्श ? उनको यो जिज्ञासामा ७७ मध्ये ५१ जना मिात्र गणितज्ञले जवाफमा गणितको समाधान खोज्न अवचेतन मनको संकेत र स्वप्नलाई आधार मान्ने गरेको विचित्र उत्तर दिएका थिए ।
महान् वैज्ञानिक एवम् गणितज्ञ अल्बर्ट आइन्स्टाइनलाई एक पटक यस्तो प्रश्न सोधियो, तपाईको यो अद्भुत सिर्जनात्मक क्षमताको कारण के हो ? उनको उत्तर थियो, सुतेको बेला स्वप्नमा एउटा त्यस्तो स्थिति उत्पन्न हुन्छ । जब वुद्धि एउटा लामो फड्को मारेरबोधको उच्चतम स्तरमा पुग्छ । संसारका अधिकांश वैज्ञानिक क्षेत्रका आविष्कार यस्तै स्थितिमा सम्भव भएका हुन् ।
दक्षिणी इटलीमा एक जना प्रतिष्ठित फादर पिआओ रहने गर्थे । सिसली भन्ने स्थानमा उनकी एउटी चेली थिइन् । उनको नाम एन्ज–ला–टोना थियो । एकदिन उनलाई सपनामा आफ्ना गुरु पिआओको दर्शन भयो । पिआओका दुबै हात र छातीमा घाउ भएको उनले सपना देखिन् । सपनामा देखेको गुरुको जस्तै यथार्थमा उनका पनि दुबै हात र छातीमा ठीक त्यही स्थानमा गूरुको जस्तै घाउ थियो । पछि गरुसँग भेट हुँदा थाह भयो कि गुरु पिआओको पनि अस्ली रुपमा सोही स्थानमा धाउ थियो । यो सपना गुरुशिष्यको आध्यात्मिक अन्तसम्बँन्धको द्योत क हो । गुरु आफ्नो शिष्यको कष्टहरणको लागि अनेक कष्टपीडा आफूमा ग्रहण गर्न तत्पर हुन्छन् ।
प्रस्तुत पुस्तकको रचनाकारलाई पनि कुै बेला एउटा आश्चर्यजनक सपनाको दर्शन भएको थियो । कुरा देवसंस्कृति विश्वविद्यालय, हरिद्वार भारतमा अध्ययन गर्दाको हो । एमए योगको वार्षिक परीक्षाको तयारीमा म रातदिन लागेको थिए । योग विज्ञानको दोस्रो सेमेस्टरको प्रथम पत्रको परीक्षाको तयारी गर्दै थिए । कारणवश एक महत्वपूर्ण पाठको तयारी गर्न छुटेको रहेछ । परीक्षाकै दिन थियो । केही धण्टा मात्र बाँकी थियो, परीक्षाको समय आउन ।
मलाई निकै थोको महसुस भयो । थकान मेटाउन भनेर एकैछिन ढल्किन मन लाग्यो । ढल्केको मात्र के थिए । छोटो निद्रा पहिहाल्यो । निद्रामा स्वप्न आयो । स्वप्नमा के देखे भने त्यही छुटेको पाठबाटै महत्वपूर्ण प्रश्न सोधिँदै छ, अबको परीक्षामा । सपनामा देखेको प्रश्नपत्रमा अरु याद रहेन, केवल त्यही प्रश्न मात्र स्पष्ट सम्झना रह्यो । ढुंगा खोज्दा देउता मिलेझैँ भयो ।
पूज्य गुरुदेवलाई कृतज्ञता अर्पित गर्दै बाँकी केही घण्टा पाठको तयारीमा लागिहाले । अन्ततः त्यही प्रश्नले थपेको नम्बरले म कक्षामा प्रथम बन्न पुगे । भविष्मा स्वर्णपदक दिलायो । जय स्वप्नविज्ञानम् ।
सपना शब्दको अर्को रुप
जीवनको लक्ष्यलाई इंगित गर्नुपर्दा पनि सपना शब्दको प्रयोग गरिन्छ । कसैलार्य उत्प्ररित गनुपरे भन्ने गरिन्छ सपना त्यो हो, जसले निदाउन दिँदैन । सपना त्यो होइन, जुन ओछ्यानमा सिरकभित्र सुतेर देख्ने गरिन्छ ।
समयको कालक्रममा इीतहास रच्नेहरुको जीवनी हे¥यो भने यस्तै सपना देख्नेहरुको प्रसिद्धि छ । हर सफलताको बीजारोपण यस्तै दिवास्वप्नबाट हुने गरेका असंख्य प्रेरक प्रसंग उपलब्ध छन् । महामानव बन्ने महयात्राको आरम्भ बिन्दु भन्नु नै निद हरा मगर्ने र निर्दिष्ट उद्देश्यमा अविरा लम्कने उत्प्रेरणा दिने सपना हुन् ।
डा. एपिजे अब्दुल कलामको एक स्वकथन ः स्वप्न पूर्ण हनुअगावै तिमी अर्को स्वप्न देख्न तयार बन । साधारणलाई असाधारण बनाउने यो नै महामन्त्र हो । महानताको मार्गमा हिँड्नेहरुले यसै गरे । एक स्वप्न पुरा हुँदा नहुँदै अर्को स्वप्न देख्ने पराक्रम गरे ।
भुक्तभोगीहरु चेतावनी दिँदै भन्छन्, जो आपूm सपना देख्न सक्दैन, उसलाई अरु कसैले आफ्नो सपनाको कठपुतली बनाउने चेष्टा गर्छन् । ज्ञात रहोस् कि आफ्नो जिनी सपना नभएकाहरु साच्चिँकै अरु कसैको सपनाको खेलौना हुन बाध्य हुन्छन् । तथापि यहाँ यस्तैहरुको भीड ठूलो छ । यसलाई कि त विडम्बना भन्नुपर्छ कि चाहिँ स्वप्न देख्ने कलाको अभाव ।
प्रतिक्रिया