प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ श्रावण २०८०, आईतवार ०५:३५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली प्रस्थान गरेका छन् । आगामी साउन ८ गतेदेखि १० गतेसम्म आयोजना हुने ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्डसहितको टोली इटाली प्रस्थान गरेको गरेको हो । इटालीमा हुने उक्त कार्यक्रमलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डको टोलीमा उनकी छोरी गङ्गा दाहाल, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू रहेका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ। साथै सोही दिन आयोजना हुने विद्यालय भोजनको एजेन्डा बोकेको छुट्टै सत्रमा र मङ्गलबार खाद्य प्रणाली परिवर्तनको एजेन्डाको सत्रमा पनि अध्यक्षको हैसियतमा सहभागी हुने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ। जसका लागि नेपालले निर्वाह गर्नुपर्ने भूमिकासहितका अवधारणापत्रको तयारी पनि मन्त्रालयले गरेको छ।

प्रधानमन्त्री प्रचण्डले खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायत संयुक्त राष्ट्रसङ्घीय प्रणालीका विशिष्ट पदाधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । प्रचण्डले रोमस्थित गैरआवासीय नेपाली सङ्घ, इटालीले आयोजना गर्ने कार्यक्रममा इटालीमा रहेका नेपाली समुदायसँग छलफल गर्ने कार्यतालिका रहेको पनि बताइृएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१