काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी संघ,काठमाडौं पश्चिम क्षेत्र अन्तर्गत सानो भर्याङ—ठुलो भर्याङ एरिया समितिको आयोजनामा ग्रील तथा स्टील ब्यवसायीहरुलाई कारखानामै पुगेर टिटानसको खोप लगाउन सम्पन्न भएको छ ।
फलाम जन्य काम गर्दा लाग्ने चोटपटक बाटहुने हानि नोक्सानी लाई न्युनिकरण गर्न एरिया समितिले यो कार्यक्रमको आयोजना गरेको सानो भर्याङ — ठुलो भर्याङ एरिया समितिका अध्यक्ष दिलिप लामाले बताउनु भयो
देशै भरि ठुलो सन्जाल रहेको ग्रील तथा स्टील ब्यवसायीहरुको काठमाडौं जिल्लामा मात्र १४ वटा एरिया २ वटा क्षेत्र र काठमाडौं जिल्ला समिति रहेको छ ।
अत्यन्तै जोखिमपुर्ण ब्यवसायको रुपमा लिईने यो ब्यवसायलाई मर्यादित र शुरक्षित बनाउन बिभिन्न समितिहरुले कार्यहरु गरिरहेका छन् ।
कारखाना मै पुगेर टिटानस खोप लगाउने कार्यक्रममा काठमाडौं जिल्लाका उपाध्यक्ष जुद्द बहादुर चन्द ,पश्चिम क्षेत्रका अध्यक्ष शैलेस ठकुरी तथा पश्चिम क्षेत्र अन्तर्गत सानो भर्याङ — ठुलो भर्याङ एरिया समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
आज दिनभर गरिएको यो अभियानमा आफ्नो एरियामा रहेका करिब ४० भन्दा माथि ब्यवसायीहरुकोमा पुगेर १०० भन्दा बढी सदस्यहरुलाई सेवा प्रदान गरेको अध्यक्ष लामाले बताउनु भयो ।
संघमा दर्ता नभएका ब्यवसायीहरुलाई समेत संघमा आवद्धहुन आग्रह गर्दै यो सेवामा समाहित गरिएको थियो ।
कारखाना तथा उद्योगमै पुगेर त्यहाँ भएका सुरक्षा जन्य कमजोरीहरु सुधार गर्न सल्लाह सुझाव दिदैं गरिएको अभियान पुर्ण सफल भएको समितिले जनाएको छ ।
आगामी दिनहरुमा माथिल्लो समितिहरुबाट कुनैपनि योजना र कार्यक्रमहरु नआए यरिया समिति आफैंले योजना बनाएर अगाडी बढ्ने बिषयमा समेत समितिमा छलफल भएको अध्यक्ष लामाले बताउनु भएको छ ।
प्रतिक्रिया