सुन तस्करी प्रकरणः आरोपीलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ श्रावण २०८०, शुक्रबार ०६:०७

काठमाडौं । एक सय किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

उच्च अदालत पाटनले थप अनुसन्धानको लागि म्याद दिएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिनै लागेको अवस्थामा राजश्व अनुसन्धान विभागले उक्त परिमाणको सुन गत मंगलबार बरामद गरेको थियो ।

सुन तस्करीमा संलग्न रहेको आरोपमा दोलखाका दिलिप भुजेल, रामकुमार भुजेल, भोजपुरका हर्कराज राई भारतीय नागरिक थाप्तेन छिरिङ, एक जना चिनियाँ नागरिक र चितवन घर भएका अशोक लामा पक्राउ परेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१