नेपालले अमेरिकालाई हरायो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ कार्तिक २०७१, बुधबार ०८:१३

 काठमाडौं: मलेसियामा जारी आइसिसी विश्‍व क्रिकेट लिग डिभिजन थ्री अन्तर्गत मंगलबार भएको खेलमा नेपालले अमेरिकालाई १० रनले हराएको छ। वर्षातको कारणले खेल प्रभावित भएपछि नेपाललाई डकवर्थ एण्ड लेविस नियमको आधारमा विजयी घोषणा गरिएको हो।

वर्षातले प्रभावित भएपछि मलेसियामा जारी आइसिसी विश्‍व क्रिकेट लिग डिभिजन थ्री अन्तर्गत नेपालले ३५ ओभरमा १६१ को लक्ष्‍य पाएको थियो। मलेसियामा जारी आइसिसी विश्‍व क्रिकेट लिग डिभिजन ३ अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल केही समयको लागि रोकिएको थियो। नेपालले जवाफी ब्याटिङ गरेरिरहेको बेला आजको खेल पनि केही समयको लागि रोकिएको थियो। यसअघि सोमबारको खेल पनि वर्षातकै कारण रद्द भएको थियो।

नेपालले २२ ओभर खेल्‍दा १ विकेट गुमाएर ७३ रन बनाएको थियो। वर्षात नेपालका ओपनर सुवास खकुरेलले ८२ बलमा ४९ रन बनाए। खकुरेलले चार चौका बनाए। यस्तै ज्ञानेन्द्र मल्‍लले ४७ बलमा २२ रन बनाए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१