त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद सुन १०० किलोभन्दा माथि, तीन पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ श्रावण २०८०, बिहीबार ०५:१३

काठमाडौं। राजस्व अनुसन्धान विभागले आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा माथिको सुन बरामद गरेको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको जनाएका छन् ।

ढुंगानाकाअनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ । विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको उनले बताए ।

उनले सुन हङ्कङबाट आएको खुलेको जानकारी दिए। थप अनुसन्धान जारी रहेकाले  धेरै कुराहरु खुल्ने पनि उनको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१