काठमाडौं महानगरले गर्यो पार्किङ शुल्क निर्धारण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ श्रावण २०८०, मंगलवार ०६:२३

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सवारी साधन पार्किङ शुल्क तोकेको छ ।  महानगर उपप्रमुख सुनिता डंगोलले दुई पाङ्ग्रे र चार पांग्रे सवारी साधनको पार्किङ शुल्क निर्धारण भएको बताएकी हुन् ।

महानगरले दुई पाङ्ग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङ्ग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ शुल्क निर्धारण गरेको हो । दुई पाङ्ग्रे सवारी साधनको आधा घण्टासम्मको पार्किङ शुल्क १५ रुपैयाँ निर्धारण गरिएको छ ।

पार्किङ शुल्क ठाउँ अनुसार फरक रहेको आम सर्वसाधरणबाट गुनासो आएपछि महानगरले शुल्क निर्धारण गरेको उनले बताईन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१