आर्थिक वर्ष २०७९/०८० मा अख्तियारद्वारा १८ हजारभन्दा बढी उजुरी फर्छ्यौट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ श्रावण २०८०, मंगलवार ०६:१८

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगलमा आर्थिक वर्ष २०७९/०८० मा २० हजार तीन सय ६८ वटा उजुरी परेको छ । आयोगमा अघिल्लो आर्थिक वर्षबाट सरेर आएको उजुरीको संख्या सात हजार एक सय ६२ रहेको थियो ।

अघिल्लो वर्षबाट दायित्व सरेर आएको उजुरी र २०७९/०८० को उजुरी गरी कूल २७ हजार पाँच सय तीस उजुरीमा आयोगले १८ हजार दुई सय ४५ उजुरी फछ्र्यौट गरेका छ । बाँकी उजुरीहरु अनुसन्धानको क्रममा रहेको आयोगले जनाएको छ ।

आयोगमा गैरकानुनी लाभ हानी, घुस (रिसवत), सार्वजनिक सम्पत्तिको हानी नोक्सानी, गैरकानुनी सम्पत्ति आर्जन, नक्कली शैक्षिक प्रमाणपत्र, राजश्व हिनामिना लगायतको उजुरी परेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१