गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेज शिक्षण अस्पतालबीच द्विपक्षिय सम्झौता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ श्रावण २०८०, सोमबार ०६:२५

काठमाडौं । गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेज प्रा.लि, शिक्षण अस्पतालबीच नागरिकलाई दिने स्वास्थ्यो उपचार सम्वन्धमा द्विपक्षिय सम्झौता भएको छ । बिहिबार नगरपालिकामा नगर प्रमुख दिपक कुमार रिसाल र नेपाल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसुरुद्दीन अन्सारीबीच सम्झौता पत्र हस्तान्तरण भएको हो ।

सम्झौता पत्रमा नगरपालिका प्रमुख प्रशासकीय अघिकृत बैकुण्ठ प्रसाद सापकोटा र अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक बसुरुद्दीन अन्सारीले हस्ताक्षर गरेका छन् भने नगरपालिका तर्फ बाट साक्षीका रुपमा नगर प्रमुख दिपक कुमार रिसाल,उप प्रमुख सान्नानी लामा रहेका छन त्यस्तै अस्पतालको तर्फबाट साक्षीका रुपमा अस्पतालको प्रमुख प्रशाशकिय अधिकृत ज्योती खड्का क्षेत्री र अस्पताल इन्चार्ज दिलिप शाह रहेका छन् ।

सम्झौता पत्रमा विभिन्न १३ बुँदा समावेश गरिएको छ । जसमा जेष्ठ नागरीकको उपचार सम्वन्धदेखि क्यान्सर रोगको उपचारमा लाग्ने शुल्कमा छुट लगायतका बुँदाहरु सम्बोधन गरिएको छ । प्रथम चरणमा २०८० साल श्रावण १ गते देखि लागु भई २०८१ साल असार मसान्त सम्म सम्झौता कायम हुने उल्लेख गरिएको छ ।

त्यसै गरि ज्येष्ठ नागरिकहरुको हकमा निम्न कुरा उल्लेख गरिएको छ ।

(क) गोकर्णेश्वर नगरपालिका क्षेत्र भित्र स्थायी रुपमा बसोबासगरीरहेका ६५ वर्ष र सो भन्दा माथिका जेष्ठ नागरीकबासिन्दाहरुको भर्ना भई स्वास्थ्य उपचार गर्नुपरेमा नगरपालिकाले जेष्ठ नागरीक प्रमाणित गरी उपचारका लागि सिफारीस गरी द्वितीय पक्षको अस्पतालमा पठाउनेछ ।

(ख) अस्पतालमा साधारण शैयामा भर्ना भै उपचार सेवा लिंदा (औषधि/EHS/Cabin सेवा बाहेक) लाग्ने
शुल्कामा देहाय बमोजिमको छुटको व्यवस्था हुनेछ।
१) अस्पतालले कुल खर्चमा ४०% (चालिस प्रतिशत) छुट गर्नेछ ।
२) नगरपालिकाले कुल खर्चको ३०% (तिस प्रतिशत) शोधभर्ना अस्पताललाई उपलब्ध गराउनेछ।

३) बिरामी स्वयंले कुल खर्चको ३०५ (तिस प्रतिशत) व्यहोर्नुपर्नेछ ।
उल्लेखीत छुट प्रति व्यक्ति वार्षिक रु.१,००,०००/- (एक लाख) सम्मको उपचारमा लाग्ने रकम बराबर हुनेछ । सो भन्दा बढि खर्च लाग्ने भएमा उक्त खर्च सम्बन्धित बिरामी स्वयं ले नै व्यहोर्नु पर्ने उल्लेख गरिएको छ ।

गोकर्णेश्वर नगरपालिका क्षेत्र भित्र स्थायी रुपमा बसोबास गरिरहेका ६५ वर्ष मुनिका : स्थायी बासिन्दाहरुले साधारण शैयामा भर्ना भै उपचार सेवा लिंदा (औषधि / EHS / Cabin बाहेक) लाग्ने
शुल्कमा नगरपालिकाले उपचारका लागि सिफारिस गरी द्वितीय पक्षको अस्पतालमा पठाउने उल्लेख गरिएको छ ।

अस्पतालमा भर्ना भै उपचार सेवा लिंदा (औषधि/EHS/Cabin बाहेक) लाग्ने शुल्कमा देहाय बमोजिमको व्यवस्था हुनेछ ।
१) अस्पतालले कुल खर्चमा २५ (पच्चिस प्रतिशत) छुट गर्नेछ।
२) नगरपालिकाले कुल खर्चको २५ (पच्चिस प्रतिशत) शोधभर्ना अस्पताललाई उपलब्ध गराउनेछ ।
३) बिरामी स्वयंले कुल खर्चको ५०% (पचास प्रतिशत) व्यहोर्नुपर्नेछ ।
४) उल्लेखीत छुट प्रति व्यक्ति बार्षिक रु.१,००,०००/- (एक लाख) सम्मको उपचारमा लाग्ने रकम बराबर हुनेछ । सो भन्दा बढि खर्च लाग्ने भएमा उक्त खर्च सम्बन्धित बिरामी स्वयं ले नै ब्यहोर्नु पर्नेछ ।

क्यान्सर रोगको उपचार सम्वन्धमा देहाय अनुसार हुनेछ ।
(क) गोकर्णेश्वर नगरपालिकाले महिलाहरुको पाठेघर (Cervical) र स्तन (Breast) क्यान्सरको लागि शंकास्पद क्यान्सर रोगीहरुलाई थप परिक्षण गर्न नाम सिफारीस गरी पठाउनेछ ।

(ख) दोश्रो पक्षलाई क्यान्सर रोगको जाँच परीक्षण तथा EHS/Cabin सेवा गरेवापत प्रथम पक्षले प्रति व्यक्ति अधिकतम रु.१५,०००/- (पन्ध्र हजार) मात्र उपलब्ध गराउनेछ ।
आङ खस्ने समस्याको उपचार सम्वन्धमा देहाय अनुसार हुनेछ ।
महिलाहरुको आङ खस्ने समस्या भई अपरेशन गर्नुपर्ने भएमा सोको लागि नाम सिफारीस भई आएका बिरामीहरुको अपरेशन गरे वापत (औषधी/EHS/Cabin सेवा वाहेक) प्रथम पक्षले द्वितीय पक्षलाई
अधिकतम रु.२५,०००/- (पच्चिस हजार) उपलब्ध गराउनेछ ।सम्झौता पत्रमा उल्लेख भए अनुसार जेष्ठ नागरिकदेखि गोकर्णेश्वरबासीका लागि औषधी उपचार र स्वास्थ्य जाँचका सम्बन्धमा राहत मिल्ने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१