स्तनको आकार बढ्दै छ ? सावधान !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ कार्तिक २०७१, बुधबार ०७:२०
670px-Reduce-Your-Bust-Step-131अधिकांश महिला आफ्नो स्तनको आकारलाई लिएर चिन्तित हुन्छन् । स्तन कसरी आकर्षक र ठुलो बनाउने भन्ने प्रयासमा हुन्छन् । तर, धेरै ठुलो स्तन पनि स्वास्थ्यका लागि ठीक होइन । ठुलो स्तनले विभिन्न प्रकारका शारीरिक समस्या उत्पन्न गर्न सक्छ । यदि तपाई स्तनको आकार धेरै ठुलो भएर चिन्तामा हुनुहुन्छ भने चिन्ता छाड्नुहोस् र व्यायाम सुरु गर्नुहोस् । चिकित्सकको सुझाव लिनुहोस् १) औषधिले बढ्यो कि ?
केही औषधि, खासगरी परिवार नियोजनका लागि प्रयोग गरिने हार्मोनल औषधिले स्तनको आकार बढाउन सक्छ । यदि तपाईं त्यस्ता औषधि प्रयोग गरिरहनु भएको छ र स्तनको आकार बढ्दै गएको छ भने तत्काल डाक्टरसंग सल्लाह लिनुहोस् । तर गर्भवति अवस्था र बच्चालाई स्तनपान गराइरहेको समयमा पनि स्तनको आकार बढ्न सक्छ । यस्तो बेलामा बढेको स्तनचाहिँ पछि गएर सामान्य अवस्थामा आउँछ ।
२) स्तन क्यान्सर पो हो कि ?
स्तन क्यान्सरका कारण पनि आकार अस्वभाविक रुपमा वृद्धि हुन सक्छ । यदि एउटा स्तन अर्कोको तुलनामा ठुलो हुँदै गएको छ भने त्यो स्तन क्यान्सर हुन सक्छ । यस्तो अवस्थामा तुरुन्तै डाक्टरको सल्लाह लिनुहोला ।
३) उपचारात्मक विधि खोजी गर्ने
चिकित्सा विधिबाट स्तनको आकार हटाउन सकिने भएकाले डाक्टरको सल्लाह लिनुहोस् । औषधि र प्राकृतिक उपचार विधिबाट पनि स्तनको आकार घटाउन सकिन्छ । तर अन्य तरिकाबाट स्तनको आकार घटाउन नसकेपछि मात्र उपचारात्मक विधि खोज्नु राम्रो हुन्छ ।
खानपान परिवर्तन
१) कम क्यालोरी भएका खाना खाने सर्वप्रथम स्तनको आकार घटाउन तौल कम गर्नुपर्ने हुन्छ । तौल कम गर्न कम क्यालोरी भएका खाना खानुपर्छ । खाना आफ्नो शारीरिक गतिविधिअनुसार खानुपर्छ । यदि तपाईं कम परिश्रम गर्नुहुन्छ भने खाना पनि कम खानुहोस् ।
कति तौल कति समयमा घटाउने भन्ने यकिन गरेर तौल घटाउन सुरु गर्नुपर्छ । डाइटिसियनको सल्लाहअनुसार पनि क्यालोरीको मात्रा निर्धारण गर्न सकिन्छ । माछा, मासु, भात, अण्डा, बदाम, दुध र दुधजन्य पदार्थ, चकलेट, फास्टफुड, जंकफुड आदिमा बढि क्यालोरी हुन्छ । खानामा प्रतिदिन १० देखि २५ प्रतिशतसम्म क्यालोरी कम गर्दै जानुपर्छ । सागसब्जी तथा फलफुलमा क्यालोरी कम हुन्छ ।
 २) नुनिलो, चिल्लो र गुलियो कम गर्ने धेरै नुन सेवनले शरीरमा पानीको मात्रा कम गराउछ र शरीर सुन्निन्छ । चिनीले अक्षम क्यालोरी उत्पादन गर्छ, जसले मानिसलाई भोकको अनुभव गराउँछ । चिल्लो पदार्थले मोटोपना बढाउँछ । जंकफुड र फास्टफुडमा अस्वस्थकर नुनिलो, चिल्लो र गुलियो सबै बढी हुन्छ ।
 ३) पोषकतत्व भएका खाना खाने पोषकतत्व बढी भएका खाना कम खानाले पनि प्राकृतिकरुपमा स्वस्थ रहन मद्धत गर्छ । पोषकतत्व बढी भएका खानामा सागसब्जी र फलफुल पर्छन् । तुलनात्मक रुपमा कुखुराको मासु, माछा, अण्डा, बदाममा अस्वस्थकर चिल्लो पदार्थ कम हुन्छ । र यसमा राम्रो प्रोटिन पनि पाइन्छ । तर यस्ता प्रोटिन सेवन गरेमा शारीरिक व्यायाम गर्नुपर्ने हुन्छ । खाना सन्तुलित हुनुपर्छ । शरीरलाई कार्बोहाइड्रेट, प्रोटिन, भिटामीन, खनिज र फाइबरको आवश्यकता पर्छ ।
व्यायाम सुरु गर्नुहोस् विभिन्न शारीरिक व्यायामले स्तनको आकार घटाउन सकिन्छ । यदि तपाईं मोटो हुनुहुन्छ भने मोटोपना घट्दै गएपछि स्तनको आकार पनि सानो हुँदै जान्छ । व्यायामले स्तनको आकार घट्नेमात्र होइन शरीर नै स्वस्थ हुन्छ । तल देखाइएका व्यायामले स्तनको आकार घटाउन मद्धत गर्छ । व्यायाम पसिना आउने गरी गर्नुपर्छ । विकिहाउको सहयोगमा स्वास्थ्य खबर पत्रिकाले यो लेख तयार पारेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१