ललिता निवास प्रकरण: पक्राउ परेका १७ जना थप पाँच दिन हिरासतमै रहने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०८०, आईतवार १५:५०

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को हिरासतमा रहेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मनिबहादुर गुृरुङ,पूर्व निर्वाचन आयुक्त सुधीरकुमार साह, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादु राउतसहित १७ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

यसअघि पनि अदालतले पहिलो पटक ७, दोस्रो पटक पनि ७ र तेस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । यससँगै पक्राउ परेकाहरु बढीमा कुल १९ दिन हिरातमा रहिसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१