आकाश र करुणा अभिनित ‘माया धोका’ सार्वजनिक ( भिडियो )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०८०, आईतवार ०५:५१

गीतकार रमेश लुइँटेलको नयाँ गीत ‘माया धोका’ सार्वजनिक भएको छ । सिडी विजय अधिकारीको सुमधुर स्वर र सगीत तथा   एनक्समसको म्युजिक प्रोडक्सन रहेको गीतलाई शुक्रबार साझ सार्वजनिक गरिएको हो ।
पछिल्लो समयका लोकप्रिय जोडी आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय रहेको भिडियोलाइ युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका हुन् । माया र धोकालाइ प्रस्तुत गरिएको भिडियोमा उत्तम हुमागाईको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ । भिडियोलाइ नेपाली मेलोडिज च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
लामो समयदेखि अमेरिकाको ओहायो सहरमा रहेर नेपाली गीत, संगीत र साहित्यमा सक्रिय गीतकार रमेश लुइँटेलको धेरै गीतहरु यसअघि पनि दर्शकको रोजाइमा परिसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१