प्रहरीलाई फलानालाई ल्याउनु फलानालाई नल्याउनु भनेका छैनौं : उपप्रधानमन्त्री श्रेष्ठ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०८०, आईतवार ०५:४०

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सबैखाले बेथिति र विकृति अनि भ्रष्टाचारको विरुद्धमा खरो उत्रिएको बताएका छन् । उले सरकारले तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढाएको र प्रहरीलाई अनुसन्धान प्रक्रियामा स्वतन्त्र छाडेको स्पष्ट पारे ।

आज (शनिबार) चितवनको भरतपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले भने,‘हामीले प्रहरीलाई फलानालाई ल्याउनु फलानालाई नल्याउनु भनेका छैनौं । हामी त्यस्तो कुरा गर्दैनौं । निर्दोष फस्ने र दोषी उम्किने हुँदैन । तपाईंहरू काम गर्नुस् भनेका छौं । प्रहरीले त्यसैगरी कम गरिरहेको छ ।’

पछिल्लो समय ललिता निवास प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणमा साना माछामात्रै समातिएको र ठूला ठूला नेताहरुलाई उन्मुक्ति दिन लागिएको भन्दै आरोप लागेपछि उपप्रधानन्त्री श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१