नयाँ दलहरू अब हामी गर्छौं भनेर आएका छन्, टिक्दैनन् : अर्थमन्त्री महत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०८०, आईतवार ०५:३५

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा अर्थमन्त्री डा प्रकाशशरण महतले नयाँ दलहरू आइरहेको र ती दलहरू नटिक्ने बताएका छन्।

शनिबार कांग्रेसनिकट तमु संघ बागमति प्रदेश भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नयाँ दलहरू आइरहेको र ती दलहरू नटिक्ने बताएका हुन्।

उनले भने,‘अहिले नयाँ-नयाँ प्रवृत्तिहरू आइरहेका छन्। यिनीहरूले केही गर्दैनन्। अब हामी गर्छौं भनेर आएका छन्। टिक्दैनन्। हामी दुःखमा, सुखमा, दशौं वर्ष जेल, पुलिसको लाठी डन्ठा सहेर, झरीमा, बादल, अफ्ठ्यारो र सफ्ठ्यारोमा पनि त्यसरी विकसित भएको पार्टी हो नेपाली कांग्रेस।’

यस्तै, उनले नेपालमा अझै लोकतन्त्र संस्थागत र बलियो नभइसकेको बताएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१