राष्ट्रपति पौडेलद्धारा शीतलनिवासमा चौतारो र पोखरी निर्माणको शुभारम्भ राष्ट्रपति रामचन्द्र पौडेलले वर–पिपल रोपेर चौतारो र पोखरी निर्माणको शिलन्यास गरे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ असार २०८०, शुक्रबार ०५:२१

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतलनिवास परिसरभित्र चौतारो र पोखरी निर्माणको शुभारम्भ गरेका छन् ।

बिहीबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले वर–पिपल रोपेर चौतारो र पोखरी निर्माणको शिलन्यास गरेका हुन् ।

राष्ट्रपति पौडेलले निर्वाचित भएलगत्तै ‘वर–पिपलसहितको चौतारो र पोखरी निर्माणका लागि कार्यालयलाई निर्देशन दिएको’ सचिवालयले जनाएको छ । सोहीअनुरूप कार्यालयका तर्फबाट भएको तयारीअनुसार बिहीबार पूजा अर्चनासहित वर–पिपल रोपेको पनि सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रपति भवनको पश्चिमपट्टिको भागमा चौतारो निर्माणका लागि वर–पिपल रोपिएको हो । सोही स्थानभन्दा तल्लो खोल्सामा पोखरी निर्माण गर्ने योजना रहेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१