सञ्चारसचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेस गर्न सर्वोच्चको आदेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ असार २०८०, शुक्रबार ०५:१८

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवासको जग्गा प्रकरणमा मुछिएपछि प्रहरीको हिरासतमा रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।

राउतको बन्दी प्रतक्षीकरण रिटमा प्रारम्भिक सुनुवाइपछि न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले उक्त आदेश गरेको हो । इजलासले बाटाका म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनेको छ ।

सचिव राउतको तर्फबाट उषा कार्कीले गृह मन्त्रालय समेतलाई विपक्षी बनाई बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् । सीआईबीले सरकारी कागजात किर्तेसहित संगठित अपराधको कसुरमा सचिव कार्कीलाई गत आइतबार पक्राउ गरी अनुसनधान गरिरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१