स्वरसम्राटको कालजयी गीत ‘केही मीठो बात गर’को भिडियो सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ असार २०८०, शुक्रबार ०५:११

स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको स्वर तथा संगीत रहेको कालजयी गीत ‘केहि मिठो बात गर ‘को  रेकर्ड भएको ३५ बर्ष पछि आधिकारिक म्युजिक भिडियो निर्माण गरिएको छ । बिहिवार जमलस्थित बिश्वज्योती सिनेमा हलमा एक कार्यक्रम बिच ‘केहि मिठो बात गर ‘ भिडियो सार्वजनिक गरिएको हो । गीतकार कालीप्रसाद रिजालको शब्द रचना रहेको गीतलाई स्वरसम्राट नारायण गोपालले  २०४५  सालमा म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गर्नु भएको थियो ।
नारायणगोपाल संगीत कोष संगको सहकार्यमा म्युजिक नेपालले भिडियो निर्माण गरेको हो। गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारी र दीपक भट्टको अभिनय रहेको छ । भिडियोमा चालिसको दशकको नेपालको परिवेशलाई  समेटिएको छ । सुव्रत  आचार्यलेको निर्देशन रहेको भिडियोमा बिजेश पौडेलको सम्पादन ,कलर तथा  भिएफक्स  र उत्सव दाहालको सिनेमाटोग्राफी रहेको छ ।
भिडियोलाई  म्यूजिक नेपालले बजारमा ल्याइएको हो । ४० वर्ष लामो सांगीतिक इतिहास बोकेको कम्पनी म्युजिक नेपालले पछिल्लो समय  उत्पादन र ब्यबस्थापन गरेका धेरै गीतहरु दर्शकको रोजाइमा परिरहेका छन्  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, फाल्गुन १५, २०८०