गोकर्णेश्वर नगरपालिकाको निर्णय,स्वास्थ्य बिमा देखि पुस्तक खरिद सम्मको सुविधा साहित्यकार तथा श्रस्टाहरुले प्रकासन गरेका पुस्तक तथा सिर्जनाहरुलाई १०० वटा सम्म खरिद गर्ने नीति तथा कार्यक्रममा उल्लेख

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ असार २०८०, बुधबार ०६:३९

काठमाण्डौ। गोकर्णेश्वर नगरपालिकाले नगरपालिका भित्र रहेका श्रस्टाहरुको स्वास्थ्य बिमा सहित विभिन्न सुविधा प्रदान गर्ने नीति तथा कार्यक्रम ल्याएको छ।

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा नगरपालिकाले नगर भित्रका साहित्यकारहरुलाई नगद सहित सम्मान गर्नुका साथै सबै श्रस्टाहरुको स्वास्थ्य बिमा समेत गरिने उल्लेख गरिएको छ।

कला र साहित्यलाई प्राथमिकतामा राखेको गोकर्णेश्वर नगरपालिकाले विमा र नगद पुरस्कार सहित साहित्यकार तथा श्रस्टाहरुले प्रकासन गरेका पुस्तक तथा सिर्जनाहरुलाई १०० वटा सम्म खरिद गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

त्यस्तै नगरपालिकामा रहेका विद्यार्थीहरुलाई साहित्यिक प्रतियोगितामा नियमित सहभागी गराउने नीति तथा कार्यक्रम ल्याएको गोकर्णेश्वर नगरपालिकाले धार्मिक समिती मार्फत परम्परागत संस्कृतिको प्रवर्धनलाई प्राथमिकतामा राख्ने जानकारी दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१