काठमाण्डौ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ मा सिद्धि गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्ष घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षक छनोट प्रक्रियामा १६ हजार रुपैयाँ घुस लिएको आरोपमा प्रधानाध्यापक बुद्धिविलास रिजाल र व्यवस्थापन समिति अध्यक्ष रामकुमार थापालाई नियन्त्रणमा लिएको हो ।
गागलफेदी बसपार्कबाट अख्तियारको टोलीकाे नियन्त्रणमा परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको छ । शिक्षा विकास तथा समन्वय इकाई काठमाण्डौका अनुसार सिद्धि गणेश मावी गागलफेदीले प्रथम स्थान र श्रम रास्ट्रीय मावी ,कुमरिगालले दितीय स्थान प्राप्त गरेको छ।
प्रतिक्रिया