पूर्वउपसचिव बालकृष्ण श्रेष्ठ पक्राउ ललिता निवास जग्गा प्रकरणमा मुछिएका तत्कालिन उपसचिव बालकृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ असार २०८०, बुधबार ०६:२६

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका तत्कालिन उपसचिव बालकृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले श्रेष्ठलाई मंगलबार साँझ काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।

भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर श्रेष्ठले प्रधानमन्त्री निवास विस्तारका नाममा अघि सारिएको प्रस्तावमा किर्ते कागजात तयार पारी नक्कली मोहीलाई जग्गा सट्टा भर्ना दिने सम्बन्धी फाइलमा हस्ताक्षर गरेको सीआईबीको अनुसन्धानमा खुलेको छ ।

श्रेष्ठ पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १५ जना पुगेको छ । प्रहरीले मंगलबार बिहान मात्रै मालपोत कार्यालयका तत्कालीन नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१