मन्त्री मोदीको जिम्मेवारी खोस्ने प्रधानमन्त्री प्रचण्डको तयारी, जनमतकी साह मन्त्री बन्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको जिम्मेवारी खोस्ने तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ असार २०८०, बुधबार ०६:०८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै पार्टीबाट सरकारमा सहभागी रहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको जिम्मेवारी खोस्ने तयारी गरेका छन् । सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउनको लागि प्रधानमन्त्री दाहालले माओवादीबाटै सरकारमा सहभागी एक मन्त्रीको जिम्मेवारी खोस्ने भएका हुन् । अहिले माओवादीबाट प्रधानमन्त्री दाहालसहित पाँच मन्त्री छन् ।

उपप्रधान एवम् गृहमन्त्रीको जिम्मेवारीमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ छन् । यस्तै, सञ्चारमा रेखा शर्मा, उर्जामा शक्तिबहादुर बस्नेत, पर्यटनमा सुदन किराँती र संघीय मामिलामा अमनलाल मोदी छन् । जनमतले प्रधानमन्त्री दाहाललाई विश्वासको मत कायमै राखेको छ । जनमत पुषमै सरकार गठन हुँदा सरकारमा सहभागी थियो ।

तर, पछिल्लो समय भने उसले भनेको मन्त्रालय नपाएको कारण सरकारबाट बाहिरिने निर्णय गरेको हो । प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुनको लागि जनमतलाई धेरै अघिदेखि नै प्रस्ताव गरिरहेका थिए । तर, विभिन्न कारणले जनमतको सरकारमा सहभागितामा ढिलाई भैरहेको थियो । आज विहान भने प्रधानमन्त्री दाहालले जनमतका अध्यक्ष सिके राउतलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए ।

सो छलफलमा राउतले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम सिफारिश गरेका छन् । उनले अनितादेवीको नाम मन्त्रीको लागि सिफारिश गरेका छन् । प्रधानमन्त्री दाहालले भोलि नै मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । प्रधानमन्त्री दाहालले मन्त्री मोदीलाई फिर्ता बोलाउने निधो गरिसकेका छन् ।

मन्त्री मोदीले पनि आफू बिदा हुने मुड बनाईसकेका छन् । तर, यसअघि मन्त्रिपरिषद् विस्तार गर्दा पर्यटनमन्त्री सुदन किरातीको पनि जिम्मेवारी खोसिने सक्ने चर्चा चलेको थियो । अहिलेपनि मन्त्रीहरु मोदी र किरातीमध्ये एकलाई हटाएर जनमतलाई सरकारमा सहभागी गराउने दाहालको तयारी छ । माओवादीनिकट उच्च स्रोतकाअनुसार प्रधानमन्त्री दाहालले मोदीलाई नै हटाउने निधो गरिसकेका छन् ।

जनमतले भने विकासे मन्त्रालय मागेको छ । राउतले प्रधानमन्त्री दाहालसँगको भेटवार्तामा पनि आफ्नो दलले पहिलेपनि उद्योग वा कृषिमध्ये एक मन्त्रालय मागेको स्मरण गराउँदै यसपटकको मन्त्रिपरिषद हेरफेरमा विकास मन्त्रालय दिन माग गरेका छन् । जवाफमा प्रधानमन्त्री दाहालले गठबन्धनभित्र छलफल गर्ने वचन दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१