प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा दिनुपर्छ : एमाले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ असार २०८०, सोमबार ०५:३०

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल राजीनामा दिनुपर्ने बताएको छ।

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री प्रचण्डले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको हुँदा तत्काल राजीनामा दिनुपर्ने बताएका हुन्।

उनले प्रधानमन्त्रीले देशको राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधिनतालाई माटोमा मिलाउने काम गरेको र देशका बहालवाला प्रधानमन्त्रीले त्यो तहको अभिव्यक्ति दिने कुरा आफैंमा गम्भीर र आपत्तिजनक कुरा भएको बताए।

उनले भने, ‘यस्तो व्यक्ति देशको प्रधानमन्त्रीको रुपमा रहनु भनेको सिंगो राष्ट्रका लागि पनि दुर्भाग्य हो। त्यसकारणले उहाँले तत्काल राजीनामा दिनुपर्छ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१