प्रधानमन्त्री प्रचण्डलाई थपियो अर्को तनाव, सल्लाहकारको विज्ञप्तीले ओली फायर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ असार २०८०, सोमबार ०५:२७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल फेरि अर्को तनावमा परेका छन् । यसअघि आफ्नो अभिव्यक्तिको कारण एमालेले सदन अवरोध गरिरहेको थियो । सदन खुलाउन  प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।

सो छलफलमा प्रधानमन्त्री दाहालले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिने सहमति भएको थियो । एमालेले भने प्रधानमन्त्रीबाट चिक्तबुझ्दो जवाफ नआएमात्रै थप सदन अवरोधबारे निर्णय लिने तयारी थियो । बैठक २ घण्टा पर सारिएको थियो ।

दिउँसो ३ बजे बैठकका लागि सांसदहरु संसद् भवन पुगिसकेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली पनि संसद् भवन पुगेका थिए । तर, ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जारी गरेको एक विज्ञप्ती पढेपछि भने माहोल फेरि बिग्रियो । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले लेखेको विज्ञप्ती पढेपछि भने ओली एकाएक फायर भएको उनीसँगै रहेका एक एमाले सांसदलले  जानकारी दिए ।

उनकाअनुसार ओलीले प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार आचार्यले लेखेको विज्ञप्तीमा सदन अवरोध गर्ने एमालेको निर्णयमा मिटरब्याजसम्बन्धी कानून ल्याउन अवरोध गर्ने उद्देश्य रहेको गम्भीर आरोप लगाईएको पाएपछि प्रधानमन्त्री दाहाललाई त्यहीँबाट फोन गरेका थिए । ओलीले सिधै आचार्यले लेखेको विज्ञप्ती स्मरण गराउँदै कि आफूहरुमाथि लगाईएको आरोप पुष्टि गर्नुपर्ने नत्र माफी माग्नुपर्ने शर्त सुनाए ।

नत्र अहिले पनि सदन चल्न दिन्नँ भनेर चेतावनी दिएपछि प्रधानमन्त्री दाहालले आफूले बुझेर भन्ने जवाफ दिएका थिए । लगत्तै प्रधानमन्त्री दाहालले नै सभामुख घिमिरेलाई फोन गरेर आजको सदन स्थगित् गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१