स्वास्थ्य मन्त्रालयले आउँदो वर्षदेखि सेतो कोट दिवस मनाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ असार २०८०, आईतवार ०६:५६

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो वर्षदेखि सेतो कोट दिवस मनाउने बताएका छन् । वरिष्ठ स्त्री तथा प्रसूति रोग विज्ञ डा. भोला रिजालले लेख्नु भएको पुस्तक सेतो कोटको राजधानीमा शनिबार विमोचन गर्दै मन्त्री बस्नेतले आउँदो वर्षदेखि मन्त्रालयले चिकित्सा क्षेत्रमा कार्यरत सेतो कोटधारी चिकित्सक र स्वास्थ्यकर्मीको सम्मानमा सेतो कोट दिवस मनाइने बताएका हुन् ।

विश्वका अधिकांश देशका चिकित्सकहरुको सम्मानमा सेतो कोट दिवस मनाइने प्रचलन भएको तर, नेपालमा नभएकोले त्यसको सुरुवात गर्न सके चिकित्सा क्षेत्रमा प्रोत्साहनको नयाँ अध्याय सुरु हुनसक्ने सुझाव विज्ञहरुबाट प्राप्त भएपछि मन्त्री बस्नेतले मन्त्रालयले चाडै सेतो कोट दिवस मनाउने बिययमा विज्ञहरुसँग थप सल्लाह लिएर निर्णय गरिने जानकारी दिए । बस्नेतले भने,’सेतो कोट दिवस मनाउने बिषयमा छिट्टै विज्ञहरुसँग छलफल गरेर कहिले र कसरी मनाउने बिषयमा छलफल गरेर मन्त्रालयले मिति तोक्ने छ ।’

स्वास्थ्य मन्त्री बस्नेतले आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि विपन्न विरामीको सहज उपचारको व्यवस्था गर्नका ध्यान केन्द्रीत गरेको बताउँदै देशका विभिन्न सरकारी अस्पतालमा २५ सय भन्दा जनरल वार्ड नि:शुल्क गरिसकिएको र केही दिनमै देशभरिकै सबै संघीय अस्पतालहरुमा जनरल वार्ड विपन्नका लागि नि:शुल्क गरिने दावी गरे ।

मन्त्री बस्नेतले जनताको उपचार थप सहज बनाउन वीर अस्पतालले आउँदो साउन १ गतेदेखि बिहान ८ बजेदेखि नै सेवा सुरु गर्न निर्देशन दिएको बताए । मन्त्री बस्नेतले भने, साउन १ गतेदेखि बिहान ९ बजेको सट्टा ८ बजेदेखि नै चिकित्सकले सेवा दिन थाल्नेछन ।

कार्यक्रममा पुस्तकका लेखक डा. भोला रिजालले आफूले सिकेका, बुझेका र अनुभव गरेका कुरा पुस्तकमा समावेश गरिएको बताए । नयाँ पीढीले केही सिकुन् भन्ने अभिप्रायले सेतो कोट लेखेको डा. रिजालले बताए ।

कार्यक्रममा डा. सुरेन्द्र केसीले पुस्तकको समीक्षा गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१