अहिलेको ब्याजदर ज्यादा छ, घटानउका लागि भनेको छु : अर्थमन्त्री महत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ असार २०८०, आईतवार ०५:३७

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले अहिलेको ब्याजदर धेरै भएको टिप्पणी गरेका छन्।

शनिबार कांग्रेस बुढानीलकण्ठ नगरपालिकाको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले अहिलेको ब्याजदर धेरै भएको र घटाउनका लागि राष्ट्र बैंकसँग भनेको बताएका छन्।

उनले भने, ‘यो अहिलेको जुन ब्याजदर छ, त्यो ज्यादा छ। त्यसकारण यो पोलिसी रेट घटाउने र यो पुनर्ताजकीकरण गर्नका लागि पनि त्यो सुविधा दिनुपर्छ भन्ने कुरा पनि मैले नेपाल राष्ट्र बैंकमा राखेको छु, सायद केही न केही सम्बोधन होला। त्यसले गर्दाखेरि यो ब्याजदर घटेर त्यसबाट पनि जो ऋण लिएर ठूलो लगानी यो क्षेत्रमा भएको छ, केही न केही राहत पुग्नेछ भन्ने मलाई लागेको छ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१