महामन्त्री थापाले किन गरे फेरि संसदीय दलको नेता बदल्ने कुरा, प्रधानमन्त्री बन्ने आकांक्षा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ असार २०८०, आईतवार ०५:३३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फेरि पार्टीको संसदीय दलको नेताबाट शेरबहादुर देउवालाई हटाउने घोषणा गरेका छन् । उनले आफू सुरुदेखि नै दलको नेता बदल्न लागिपर्ने बताउँदै आएका थापाले  सो कुरा दोहोर्याएका छन् ।

उनले अब आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको सुनाए । कांग्रेस बुढानीलकण्ठ नगरपालिकाको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

यसअघि दलको नेताको लागि उनले सभापति शेरबहादुर देउवासँग प्रतिष्पर्धा गरेका थिए । पछिल्लो समय नेता थापाले सभापति देउवालाई एकपछि अर्को गरेर चूनौति पेश गरिरहेका छन् । युवा नेता प्रदीप पौडेलले पनि सरकारले यस्तै काम गरेर आगामी ०८४ को निर्वाचनमा कांग्रेस पराजित हुने दाबी गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१