सुन र चाँदीको मूल्य घट्याे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ असार २०८०, शुक्रबार १३:०२

काठमाडौं । साताको अन्तिम दिन सुन र चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्यमा प्रतितोला १०० रुपैयाँले कमी आएको छ ।आज छापावल सुनको मूल्य एक लाख १० हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख १० हजार ५० र चाँदीको मूल्य १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

बिहिबार १ लाख १० हजार ७ सय रुपैयाँमा छापावल सुनको कारोबार भएको भने एक लाख १० हजार १५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेर १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१