गोकर्णेश्वर १ मा विकास योजनाहरुको अनुगमन गर्दै सांसद चालिसे र नगर प्रमुख रिसाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० असार २०८०, बुधबार ०५:३२

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं १ को सुन्दरीजल, मूलखर्क, ओख्रेनीमा भएका विकास निर्माणको कार्यको अनुगमन गरिएको छ । प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे संगै नगर प्रमुख दिपक कुमार रिसाल सहितको टोलीले उक्त क्षेत्रमा भए गरेका विकास निर्माण कार्यको स्थलगत अनुगमन गरेका हुन ।

उनीहरुले ओख्रेनी दिउरालीमा ५० लाखमा निर्माण सम्पन्न भएको सडक त्यसैगरि शिवपुरी टिकट काउन्टर संगै ३५ लाखको लागतमा बनेको सडक ढलान ओख्रेनीमा निर्माणाधीन खेलकुद मैदान र उक्त क्षेत्रमा निर्माण गरिएका गुम्बाहरुको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुको साथै स्थानीय संग छलफल समेत गरेको  छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१