क्यानका महानिर्देशक अधिकारीलाई हटाउने मन्त्रीको तयारी, प्रधानमन्त्री दाहालसँग गरे छलफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० असार २०८०, बुधबार ०५:२३

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई जसरी पनि हटाउने तयारीमा छन् । त्यसको लागि उनले ९ बुँदे स्पष्टीकरण समेत सोधिसकेका छन् ।

तर, अधिकारीले भने मन्त्री किरातीले सोधेको स्पष्टीकरणको जवाफ नदिने अडान लिएका छन् । अधिकारीले आफूलाई स्पष्टीकरण सोधेका किरातीले पूर्वाग्रही साँधेको आरोप लगाएका छन् ।

मन्त्री किरातीले ७ दिने अल्टिमेटम दिएर ९ बुँदे स्पष्टीकरण सोधेको समय हिजो नै सकिएको छ । स्पष्टीकरणको जवाफ नदिने भएपछि अधिकारीलाई बर्खास्त गर्न किरातीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज छलफल गरेका थिए ।

प्रधानमन्त्री दाहालसँग अधिकारीलाई हटाउनेबारे छलफल गर्न किराती आज बालुवाटार पुगेका थिए । सो छलफलमा किरातीलाई अहिले अधिकारीलाई हटाउनको लागि जोड नगर्न प्रधानमन्त्री दाहालको सुझाव थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१