राष्ट्रपतिको उपचार खर्च सरकारले ब्यहोर्ने मन्त्रिपरिषद्‍को निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० असार २०८०, बुधबार ०५:१८

काठमाडौं। मन्त्रिपरिषद् बैठकले स्वास्थ्य उपचारका लागि भारत गएका राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको छ।

गत मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकल राष्ट्रपति पौडेलको स्वास्थ्य उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको थियो।

यस्तै, राष्ट्रपति पौडेलको दिल्ली जाँदा लागेको खर्चको भुक्तानीका लागि पत्राचार पनि भएको छ।

सोमबार परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई भुक्तानीका लागि पत्राचार गर्दै राष्ट्रपति पौडेललाई उपचारका लागि दिल्ली लैजाँदा एयर एम्बुलेन्स र फर्किँदाको नेपाल वायु सेवा निगमको भाडासहित स्वास्थ्य उपचार खर्च ५५ लाख २ हजार २७९ रूपैयाँ अनुरोध गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१