महामन्त्री थापालाई आफ्नो बोली आँफैलाई भारी भयो, मेयर बालेनले बोलेको कुरा पून गर्न भने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० असार २०८०, बुधबार ०५:१६

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई बोलेको कुरा पूरा गर्न सम्झाएका छन् ।

हिजो दलको एक कार्यक्रममा गगन थापाले भनेको कुरा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाईँदैन भनेका थिए ।

थापाको उक्त अभिव्यक्ति स्मरण गराउँदै मेयर शाहले अब काठमाडौं महानगरभित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालय र सबैतिर कांग्रेस पार्टीको कुनै पनि भातृ संगठन नभएको घोषणा गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्-

माननीय गगन थापाज्यु ! दलको हिजोको एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भन्नु भयो । नेपाली कांग्रेसको महामन्त्रीज्युले नै भने पछि, काठमाडौं महानगरभित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालय, सबैतिर कांग्रेस पार्टीको कुनै पनि भातृ संगठन नभएको घोषणा गर्दछौँ । बोलेको कुरा पुरा गर्नुहोला माननीय ज्यु ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१