बूढानीलकण्ठ नगरपालिका वडा १२ को सार्वजनिक सुनवाई सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ असार २०८०, मंगलवार ०६:३३

काठमाडौं। बूढानीलकण्ठ नगरपालिका वडा १२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तथा नगरस्तरीय सुशासन समितिका संयोजक शम्भुप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा बुढानिलकण्ठनगरपालिका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा बुढानिलकण्ठनगरपालिका–१२की वडा सचिव गिता ठगुन्ना लगायत बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ का जनप्रतिनिधिहरु शान्ता ढकालपुडासैनि, डिल्ली प्रसाद खतिवडा , ईश्वरी खतिवडा भट्टराई, मिना बयलकोटी लगायत महिला सञ्जाल लगायत विभिन्न राजनीतिकदलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा ८१ जना बूढानीलकण्ठ नगरपालिका –१२ निवासी नागरिकहरूलेप्रत्यक्ष सहभागिता जनाउनुभएको थियो ।

विभिन्न नागरिकहरूले प्रश्नोत्तरस्वरुपमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न नागरिकले विभिन्न प्रश्नहरु गर्नुभएको थियो स्वरुपमा। त्यसको यथोचित जवाफबूढानीलकण्ठ नगरपालिका –१२ अध्यक्ष शम्भुप्रसाद भट्टराई र बुढानिलकण्ठ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तुल्सीरामअर्यालद्वारा भएको थियो । कार्यक्रम लगभग ३ घण्टा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित हाम्रो पार्टी भेनुमा सम्पन्न भएकोसम्पन भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१