मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री प्रचण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ असार २०८०, मंगलवार ०५:२०

काठमाडौं । लामो समयपछि सत्तारूढ दलको बैठक आज ४ बजेका लागि डाकिएको छ। सोमबार अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा डाकिएको बैठकमा मुख्यत: जनमत पार्टीलाई रिझाउनका लागि छलफल हुने बताइएको छ।

आइतबार जनमत पार्टीका अध्यक्ष डा सिके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटेर मन्त्रिपरिषद्‍मा जसरीपनि सहभागी गराउन आग्रह गरेका थिए। अध्यक्ष राउतले जतिसक्दो चाँडो मन्त्रिपरिषद्‍मा आफ्नो पार्टीलाई सहभागी हुन् पार्टीभित्रैबाट ठूलो दवाब आइरहेको र त्यो दवाब आफूले थेग्न नसकिरहेको बताएका थिए।

अध्यक्षको रावतको त्यो आग्रहलाई प्रधानमन्त्री प्रचण्डले सत्तागठबन्धनमा छलफल गरि अन्य कुनै पार्टी एक मन्त्रालय खालि गर्न तयार नरहेपनि आफ्नै पार्टीबाट मन्त्री फिर्ता बोलाएर जनमतलाई सहभागी गराउने आश्वासन दिएका थिए।

त्यस्तै, कोशी प्रदेशका प्रदेश प्रमुखले आइतबार नयाँ सरकार गठनका लागि पाँच दिनको समयसीमा दिएको र सो का लागि सत्तागठबन्धनको शीर्ष दलहरूद्धय कांग्रेस र माओवादी केन्द्रले आआफ्नै अडान कसिरहँदा सो विषयमा छलफल गर्नपनि सत्तारूढ गठबन्धनको बैठक आजका लागि डाकिएको छ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले जनमतलाई सरकारमा सहभागी गराउन (मन्त्रिपरिषद् विस्तार गर्न) सत्तागठबन्धनमा छलफल गर्ने तयारी गरेका छन्। यस्तै, बैठकमा कोशी प्रदेश सरकारको नेतृत्व र समसामायिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१