पशुपति क्षेत्रमा साउन महिनाको तयारी सुरू

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ असार २०८०, सोमबार ०४:५८

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले साउन महिनामा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि सहजरूपमा दर्शन गराउन तयारी सुरु गरेको छ।

साउन महिना भगवान् शिवको महिना भएकाले विश्वभरबाट लाखौँ भक्तजन पशुपति क्षेत्रमा पूजा आराधना एवं दर्शनका लागि आउने गर्छन्। देश एवं विदेशबाट आउने भक्तजनलाई सहजरूपमा दर्शन गराउन तयारी सुरु गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए। यस वर्ष साउनमा अधिकमास परे पनि प्रत्येक वर्ष साउनमा गरिने भगवान् पशुपतिनाथको नित्य एवं नैमित्तिक पूजामा कुनै प्रभाव नपर्ने उनले बताए।

भगवान् शिव व्यष्टि र समष्टि दुवैका देवता भएकाले अधिकमासले भगवान् शिवको नित्य पूजामा फरक नपर्ने कोषले जनाएको छ। अपव्यय सबै शिवले नै लिने भएकाले पनि साउनमा गरिने शिवको पूजा अधिकमासका कारण नरोकिने जनाइएको छ। साउनको पनि सोमबारका दिन पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१