ग्रील तथा स्टील ब्यवसायी संघ,काठामाडौं,पश्चिमक्षेत्र अन्तर्गत बालाजु,खुसीबुँ,चःमती,ढल्को एरिया समितिको कार्यभार ग्रहण,दहि चिउरा खाने,र विदाई कार्यक्रम सम्पन्न

evccfn@gmail.com' rastriyakhabar
१५ असार २०८०, शुक्रबार २२:२४

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी संघ,काठामाडौं,पश्चिमक्षेत्र अन्तर्गत बालाजु,खुसीबुँ,चःमती,ढल्को एरिया समितिले एउटै हलमा एउटै मञ्चबाट धान दिवस, दहि चिउरा खाने, कार्यभार ग्रहण र विदाई कार्यक्रम सम्पन्न गरेको छ ।
पारेर बिगत केहि बर्षदेखि नियमित गरिदैअ आएको असार १५ को अवसरमा गरिने दहिचिउरा खाने कार्यक्रमलाई निरन्तरता दिदैं , गत माघ २१ गते साधारण सभा तथा अधिवेशन सम्पन्न भएपनि बिबिध कारणले रोकिएको नयाँ कार्यसमितिको पदभार ग्रहण तथा पुरानो समितिको बिदाइ कार्यक्रम सम्पन्न गरेको हो ।
ग्रील तथा स्टील ब्यवसायी संघ,काठामाडौं ,पश्चिमक्षेत्र अन्तर्गत बालाजु, खुसीबुँ,चःमती,ढल्को एरियाका नवनिर्वाचित अध्यक्ष राजकुमार खड्काको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख आतिथ्यता ग्रील तथा स्टील ब्यवसायी महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन आयोजक एरियाका सचिव भरतकुमार गधराजले गर्नु भएको थियो ।
कार्यक्रममा महासंघका महासचिव विवेकदास श्रेष्ठ,महासंघका सदस्य बालमुकुन्द नकर्मी, काठमाडौं जिल्लाका अध्यक्ष सुनिलकुमार अमात्य,उपाध्यक्ष रामप्रमोद ठाकुर, महासचिव पशुपति श्रेष्ठ,सह कोषाध्यक्ष तथा ग्रील तथा स्टील ब्यवसायी संघ,काठामाडौं ,पश्चिमक्षेत्र अन्तर्गत बालाजु, खुसीबुँ,चःमती,ढल्को एरियाका निवर्तमान अध्यक्ष तोक बहादुर गधराज(तोकेन्द्र), पुर्वी क्षेत्रका अध्यक्ष बिष्णु कुमार श्रेष्ठ,पश्चिम क्षेत्रका अध्यक्ष शैलेस ठकुरी तथा काठमाडौं जिल्ला अन्तरगत १३ वटै इकाईका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै इकाई तथा क्षेत्रका प्रतिनिधिहरुले सबभन्दा बढी काम गर्नुपर्ने पनि इकाई र इकाई समितिको अधिकारक्षेत्र कम भएकोले बिधान संसोधन मार्फत इकाईसमिति र क्षेत्रिय समितिको अधिकार क्षेत्र बढाउनुपर्ने धारणा राख्नु भएको थियो ।
आफ्नो मनतव्य राख्दै काठमाडौं जिल्लाका अध्यक्ष सुनिलकुमार अमात्यले व्यवसायीहरुको एकताको लागि बिधान संसोधन गर्न लागिएको हुँदा बिधान के कस्तो बनाउने भन्ने इकाई तथा क्षेत्रबाट सुझाव आउनुपर्ने बताउँदै अब बन्न्े बिधान आम व्यवसायीहरुको हक र हित शुरुक्षितहुने खालको बन्नेमा निश्चिन्त भएरबस्न आग्रह गर्नुभयो ।
काठमाडौं जिल्लाका महासचिव पशुपति श्रेष्ठले समितिका साथिहरुले हचुवाको भरमा बोल्न नहुने भन्दै चित्त नबुझेका बिषयमा सम्बन्धित निकायमार्फत समस्याको हल गर्न पहल गर्नुपर्ने तथा त्यसका लागि काठमाडौं जिल्ला हरदम तयार रहेको बताउनु भयो ।
प्रमुुख अतिथि बुलोबाबु श्रेष्ठले नवनिर्वाचित कार्यसमितिहरुको फोटो सहितको फ्रेम कार्यालयको भित्तामा टालेर कार्यक्रमको उद्याटन गर्नुभएको थियो भने आजनै नवनिर्वाचित समितिका अध्यक्ष राजकुमार खड्कालाई निवर्तमान अध्यक्ष तोक बहादुर गधराज(तोकेन्द्र)ले पदभार तथा अध्यक्षको कुर्सी समेत हस्तान्तरण गर्नुभएको थियो ।
पदभार ग्रहण गरे संगै एरिया अध्यक्षको भुमिकामा रहँदा संघको लागि अबिस्मरणीय कार्यहरु गरेर योगदान दिएको भन्दै निवर्तमान अध्यक्ष तोक बहादुर गधराज(तोकेन्द्र)लाई सम्मान पत्र सहित मायाको चिनो प्रदान गरेर स सम्मान बिदाई गरिएको थियो । उहाँ अहिले काठमाडौं जिल्लाको सह कोषध्यक्षको पदमा रहेर कार्यगर्दै आउनु भएको छ ।
कार्यक्रममा महासंघका महासचिव विवेकदास श्रेष्ठले महासंघको काम नितिगत रुपमा राज्य र बिभिन्न निकायहरुसंग समन्वय गरि कार्य गर्ने भएकोले सानातिना कामहरु इकाई र क्षेत्रमै मिलाउनु पर्नेमा जोडदिनुभयो । महासंघ पनि बिधान संसोधन गरेर अगाडी बढ्न खोजेकोले समय सापेक्षित बिधान निर्माण गर्न सबैजनाको साथ आवश्यक रहेको बताउनु भयो । बिमा भन्ने कुरा आम ब्यवसायी सचेत नभए सम्म लागु गर्न कठिन भएपनि कामै नभएको चैं होईन भन्दै बिमा सम्बन्धिकामपनि अगाडी बढी रहेको बताउनु भयो ।
प्रमुख अतिथिको मनतव्य राख्दै महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले ब्यवसायीक एकतालाई कायम राख्न र ब्यवसायीक हकहितको लागि महासंघ बिधान भित्र रहेर जस्तोसुकै खतरा मोल्न तयार भएको भन्दै ,अब राज्यको हरेक निकायहरु संग संघर्ष गरेर भएपनि आम ब्यवसायीहरुलाई अगाडी बढाउन आफु कृयाशिल रहने बताउनु भयो ।
कार्यक्रमको समापन ग्रील तथा स्टील ब्यवसायी संघ,काठामाडौं,पश्चिमक्षेत्र अन्तर्गत बालाजु,खुसीबुँ,चःमती,ढल्को एरिया समितिका कोषध्यक्ष रामहरी सिन्चुरी ले गर्नुभएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१