सांसदबिनै सुरू भएको बागमती प्रदेशसभाको बैठक आइतबारसम्म स्थगित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ असार २०८०, बिहीबार ०५:४२

काठमाडौं । बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ । सत्तापक्षका सांसदबिनै सुरु भएको बैठक प्रतिपक्षी दलहरु एमाले र राप्रपाले अवरोध गरेपछि बैठक आइतबार सम्मका लागि स्थगित भएको हो ।

विहान ११ बजेका लागि बोलाइएको बैठक साँझ ५ बजेसम्म पनि सुरु नभएपछि सत्तापक्षका सांसदहरुले आजको बैठक वहिष्कार गरेका थिए ।

सत्तापक्षका सांसदबिनै सुरु भएको बैठकमा आर्थिक वर्ष २०८०-८१ को लागि विनियोजित बजेटमा असन्तुष्टि जनाउँदै एमाले र राप्रपाले अवरोध गरेपछि सभामु भुवनकुमार पाठकले १७ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१