इतिहासमा पहिलोपटक बजेटमाथि मतदान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ असार २०८०, बिहीबार ०५:३७

काठमाडौं। संसद्मा बजेटमाथि पहिलोपटक मतदान भएको छ । आज (बुधबार) आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकमाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मतदानको माग गरेको थियो । सोहीअनुसार सभामुख देवराज घिमिरले मतदानको आह्वान गरेका थिए ।

बजेट बहुमतले पारित पनि भैसकेको छ । जम्मा २५५ जना सांसद उपस्थित् रहेकोमा विद्येयकको पक्षमा १४७ मत खसेको थियो । र, विपक्षमा १०८ खसेको थियो । मत दिन्न भन्नेमा शून्य मत परेको थियो । संसदीय इतिहासमा यो पहिलोपटक विनियोजन विद्येयकमाथि मतदान भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१